माछापुच्छ्रे बैंकको केन्द्रीय कार्यालय स्थानान्तरण

काठमाडौं - माछापुच्छ्रे बैंकको विशेष साधारणसभाको निर्णय बमोजिम बैंकले आफ्नो रजिष्टर्ड (केन्द्रीय) कार्यालय पोखराबाट  काठमाडौँको लाजिम्पाटस्थित एमबीएल टावरमा स्थानान्तरण गरेको छ ।

२०५४ सालमा पोखरामा स्थापना भई सञ्चालनमा रहेकोमा बैंकको केन्द्रीय कार्यालय पोखरा तथा कर्पोरेट कार्यालय काठमाडौंमा रहेको थियो ।

बंैकले ६२ वटा शाखा, ४ वटा एक्सटेन्सन काउन्टरलगायत १४ शाखारहित बैकिङ सेवा समेत गरी जम्मा ८० स्थानवाट ग्राहक महानुभावमा सम्पूर्ण बंैकिङ सुबिधा प्रदान गरिरहेको छ । बंैकको देशभर ८६ वटा एटीएम सञ्चालनमा रहेको छ ।
प्रकाशित : Tuesday, March 06, 2018

recent

Popular Posts