×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फेरि सुरु भो चाकडी ! मन्त्री यादव विना कार्यक्रम सुटुक्‍क दिल्ली पुगेपछि प्रधानमन्त्री ‘फायर’ !

PRIME CA

फेरि सुरु भो चाकडी ! मन्त्री यादव विना कार्यक्रम सुटुक्‍क दिल्ली पुगेपछि प्रधानमन्त्री ‘फायर’ !

अर्थ सरोकार

प्रकाशित मिति : ६ चैत्र २०७४, मंगलवार

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव एकाएक भारत पुगेका छन् । पूर्वनिर्धारित कार्यक्रम नभएर आकस्मिक रुपमा उनी दिल्ली पुगेका हुन् ।
माओवादी केन्द्रका नेता समेत रहेका मन्त्री यादवले दिल्ली पुगेपछि भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरेका छन् । यादवको नीजि सचिवालयका अनुसार दिल्लीमा भारतीय विदेशमन्त्री स्वराजसँग दुई मुलुकबीचको सम्बन्ध अर्थ र व्यापारका बारेमा कुराकानी भएको छ ।
ओली सरकारमा सुटुक्क भारत जाने पहिलो मन्त्री हुन् । स्रोतका अनुसार यादवले प्रधानमन्त्री ओलीलाई समेत भ्रमणबारे जानकारी दिएका छैनन् । अन्तिम समयमा आफू भारत जान लागेको भन्ने जानकारी भने गराएका थिए । ओली नेतृत्वको कम्युनिस्ट सरकार चीन नजिक हुने चर्चा चलिरहेकै बेला मन्त्री यादव दिल्ली उडेका हुन् ।
कार्यक्रमबारे पूर्व जानकारी नै नदिएर यादव भारत पुगेपछि यता प्रधानमन्त्री ओली भने सशंकित भएका छन् । यसबारे ओलीले बालुवाटारमा अन्य मन्त्रीसँग यसबारे छलफल गरेको बताइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: