×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम लाइफको दिउँसो २ बजे एजीएम हुँदै, के-के प्रस्ताव पेस गर्दै ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १४ चैत्र २०७४, बुधबार

PRIME CA
laxmi sunrise bank

प्राइम लाइफको दिउँसो २ बजे एजीएम हुँदै, के-के प्रस्ताव पेस गर्दै ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – प्राइम लाइफ इन्सुरेन्सको साधारण सभा बुधबार अग्रवाल भवन कमलपोखरी, काठमाडौंमा दिउँसो २ बजे सुरु हुने भएको छ । प्राइमले १२.५% बोनस सेयर दिने विशेष प्रस्ताव साधारण सभामा लैजानेछ । यसअघि कम्पनीले ३२.५५ दिने भने पनि १६०% हकप्रद भर्नेले समेत बोनस पाउने हुँदा वास्तविक बोनस दर १२.५% भएको हो ।
बोनस सेयरमा लाग्ने कर तिर्न नगद लाभांश दिने पस्ताव पनि छ । यसआधारमा प्राइमले बोनसमा १९ करोड ८३ लाख १५ हजार रुपैयाँ र नगद लाभांश प्रयोजनका लागि ९८ लाख ९४ हजार १०३ रुपैयाँ खर्च गर्नेछ । सभामा आर्थिक वर्ष २०७३–७४ को वार्षिक प्रतिवेदन र सोही अवधिसम्मको नाफा नोक्सान सम्बन्धी प्रस्तावहरु पनि पेश हुनेछन् । 
बोनस सेयर वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले त्यसका लागि कम्पनीको नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पेश हुनेछ । यसका लागि सम्पूर्ण अधिकार सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिने प्रस्ताव पनि लगिदैछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: