प्रुडेन्सियलको सेयर लिलामी खुला, यहाँ जानुस् सेयर भर्न

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - प्रुडेन्सियल इन्सुरेन्सको सर्वसाधारण समूहको १२ हजार ५०३ कित्ता सेयर सोमबारदेखि लिलामीमा बिक्री खुला भएको छ । इन्सुरेन्सले पुस १६ गतेदेखि माघ २१ गतेसम्म १ः०.३० अनुपातमा १२ लाख ८३ हजार ४० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । 

उक्त सेयर तोकिएको समयभित्र आवश्यकता अनुसार नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर लिलामीमा ल्याएको हो । लगानीकर्ताले यो लिलामीमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी आवेदन दिनुपर्नेछ । लिलामीमा आवेदन दिने अन्तिम म्याद भने चैत ५ गतेसम्म तोकिएको छ । 

बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल बबरमहल, काठमाडौं तथा प्रुडेन्सियल इन्सुरेन्सको वीरगञ्ज, विराटनगर, बुटवल, पोखरा, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखाबाट यसमा आवेदन दिन सकिनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ४२ करोड ७६ लाख ८० हजार रुपैयाँ रहेको छ । लिलामी सेयर बिक्रीपछि भने कम्पनीको चुक्ता पुँजी ५५ करोड ५९ लाख ८४ हजार रुपैयाँ पुग्नेछ । कम्पनीले गत वर्षको नाफाबाट २०% बोनस सेयर र १.९५% नगद लाभांश दिने प्रस्ताव पारित गरिसकेको छ ।
प्रकाशित : Monday, March 12, 2018

recent

Popular Posts