×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहाराको चैत ३० मा विशेष साधारण सभा हुँदै, यस्ता छन् प्रस्तावहरु

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १६ चैत्र २०७४, शुक्रबार

PRIME CA
laxmi sunrise bank

सहाराको चैत ३० मा विशेष साधारण सभा हुँदै, यस्ता छन् प्रस्तावहरु

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सहारा विकास बैंकको विशेष साधारण सभा चैत ३० मा हुने भएको छ । उक्त सभामा बैंकले हालको सञ्चालक समिति बिघटन गरी नयाँ समिति गठन गर्ने प्रस्ताव पनि पेश गर्दैछ त त्यसका साथै सहारालाई देवः विकास बैंकले एक्वायर गर्न लागेको छ । 
साधारण सभा सहारा विकास बैंकको केन्द्रीय कार्यालय मलंगवा सर्लाहीमा बिहान ११ बजे सुरु हुनेछ । सहाराले भर्खरै मात्र २५०% हकप्रद सेयर बिक्री गर्न पनि अनुमति पाएको छ । धितोपत्र बोर्डले सहारालाई १ः२.५ अनुपातमा १८ लाख २४ हजार ८७० कित्ता हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ । हाल सहाराको चुक्ता पुँजी ७ करोड २९ लाख ९४ हजार छ । हकप्रदपछि चुक्ता पुँजी २५ करोड ५४ लाख ८१ हजार रुपैयाँ पुग्नेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: