सान्जेनको आइपिओ भर्ने आज अन्तिम म्याद, कहाँ जाने फारम भर्न ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - सान्जेन जलविधुत कम्पनीको आइपीओ भर्ने आज अन्तिम दिन रहेको छ  । बुधवार कार्यालय समय भित्र सम्म यो आइपिओ भरिसक्नुपर्ने छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ८७ लाख ६० हजार कित्ता सेयरका लागि आवेदन खुला गरेका छन् । सान्जेनको आइपीओमा कम्पनी र कर्मचारी सञ्चय कोषबीच ऋण सम्झौता भएको २०६८ मंसिर २२ गतेसम्म बहाल र त्यसपछि विवरणपत्र स्वीकृत भएको २०७४ मंसिर २६ गतेसम्म थप भएका सञ्चयकर्ता, संस्थापक संस्थाका कर्मचारीहरु र ऋणदाता संस्थाका कर्मचारीहरुले सेयरमा आवेदन दिन सक्नेछन् । 

सान्जेनको बिक्री प्रबन्धक नागरिक लगानी कोष हो । लगनीकर्ताले आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
प्रकाशित : Wednesday, March 14, 2018

recent

Popular Posts