×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंकका डेपुटी सीइओले ‘गैरकानुनी’ काम गरेको प्रमाणित ! भयो यस्तो कारवाही ! (प्रमाणसहित)

PRIME CA
laxmi sunrise bank

सिटिजन्स बैंकका डेपुटी सीइओले ‘गैरकानुनी’ काम गरेको प्रमाणित ! भयो यस्तो कारवाही ! (प्रमाणसहित)

अर्थ सरोकार

प्रकाशित मिति : ४ चैत्र २०७४, आईतवार

  • अर्थ सरोकार सम्बाददाता 
  • काठमाडौँ- सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडमा डेपुटी सीईओको पदमा रहेका गणेश राज पोखरेलले ‘गैरकानुनी’ काम गरेको खुलासा भएको छ ।  नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाले उनलाई गैरकानुनी काम गरेको भन्दै कारवाही गरेपछि यस्तो खुलासा भएको हो । लेखा व्यवसायको आचारसंहिता विपरित काम गरेको भन्दै  नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले उनलाई  दोषी  ठहर्याएर ३ महिनाका लागि उनको लेखापरिक्षणको लाइसेन्स ‘सस्पेन्ड’ गर्नेगरी कारवाही गरेको छ । उनी सो संस्थाका सदस्य हुन् भने रजिष्टर्ड अडिटर पनि हुन् ।  उनले गैरकानुनी काम गरेपछि आइक्यानको अनुसासन समितिले उनको ‘अडिट लाइसेन्स’ ३ महिनासम्म सस्पेन्डसमेत गरेको हो ।

    यस्तो छ कारवाहीको विवरण !
    गणेश राज पोखरेललाई कारवाही गरेको सम्बन्धमा  नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाले अर्थ सरोकार डटकमलाई दिएको आधिकारीक सुचना अनुसार संस्थाको मिती २०७४ साल असार १७ गते बसेको संस्थाको २०८ औं बैठकले उनलाई कारवाही गरेको हो ।  नेपाल चार्टड एकाउन्टेन्ट्स ऐन तथा लेखा व्यवसायको आचारण, आचारसंहिता विपरित काम गरेको पाइएकाले नेपाल चार्टड एकाउन्टेन्ट्स ऐन २०५३ को दफा १४ (५) (ग) बमोजिम ३ महिनासम्म लेखापरिक्षण गर्न नपाउने गरी उनलाई कारवाही गरिएको हो । हेर्नुहोस् संस्थाले आधिकारिक रुपमा अर्थ सरोकार डटकमलाई प्रदान गरेको सुचना :
    को हुन् गणेश राज पोखरेल ?
    गणेश राज पोखरेल हाल सिटिजन्स बैंक इन्टरनेशनलका डेपुटी सीईओ हुन् भने सीआइबीएल क्यापिटलका अध्यक्षसमेत हुन् । उनले मेनेजमेन्ट एसोसीएसन अफ नेपाल (म्यान) मा समेत काम गरिसकेका छन् । शंकरदेव क्याम्पसबाट माष्टर्स सकेका उनी दर्तावाला लेखापरीक्षक भएकाले आइक्यानका सदस्यसमेत हुन् । यस्तै बैंकमा हालका सीइओ रजान सिंह भण्डारीको कार्यकाल सकिनै लाग्दा उनी उक्त बैंकको सीइओ हुन पर्खाइमा छन् ।तर यस्तो गैरकानुनी काम गर्ने व्यक्तिलाई बैंकको सीइओ बनाउनु हुन्छ कि हुँदैन भन्ने कुरामा अहिले नेपाली बैंकिङ क्षेत्रमा ठुलो बहस चलेको छ  । यसो त उनी बैंकिङ पृष्ठभूमिका होइनन् । लामो समय नेपाली काँग्रेसको सक्रिय राजनीति गरेका उनलाई राजन सिंह भण्डारीले सिधै बैंकको ठुलो तहमा ल्याएका थिए । लामो समय चित्रकार, र केहि समय पत्रकार बनेर काम गरेका उनले सोहि बेला नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाको रजिष्टर्ड अडिटरको लाइसेन्स लिएका थिए । तर आफ्नो आफन्तलाई लाइसेन्स भाडामा दिने, आफु उपस्थित नै नभई आफ्ना नाममा अरुलाई संस्थाले अनिवार्य रुपमा दिलाउने तालिम लिन लगाउने, लगायतका काममा संग्लग्न थिए।यस्ता गैरकानुनी काम गरिरहेका उनलाई अन्तत: प्रमाणसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गैरकानुनी काम गरेको भन्दै उजुरी परेको थियो भने अख्तियारले सो उजुरी आइक्यान पठाएको थियो । आइक्यानले त्यसमा अनुसन्धान गर्दा पोखरेललाई दोषी पाएपछि कारवाही गरेको हो ।
    के भन्छन् पोखरेल ?
    यता गणेश राज पोखरेलले भने नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाले आफुलाई कारवाही गरेको स्वीकारेका छन् । ‘मलाइ कारवाही भएको हो । मैले पनि यो कुरा थाहा पाएँ । तर गलत काम मैले गरेको होइन । मेरो लाइसेन्स प्रयोग गरेर मेरा आफन्तले यस्तो गलत काम गरेका हुन् ।’ तर नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाको ऐन अनुसार आफ्नो लाइसेन्स अरुलाई प्रयोग गर्न दिनु पनि गैरकानुनी मानिन्छ । ‘मेरा आफन्तले माग्नुभयो।   मैले पनि दिएँ । तर पछी उहाँले गलत काम गर्नुभएछ भन्ने थाहा पाएँ । मेरो लाइसेन्स भएकाले संस्थाले मलाइ कारवाही गर्यो । मैले त्यसपछी मेरो लाइसेन्स खारेज गरी पाउँ भनी संस्थामा निवेदन दिइसकेको छु र लोकल पत्रिकामा मेरो लाइसेन्स प्रयोग गरी लेखापरिक्षण नगराउन सुचना समेत निकालेको छु ।’ उनले भने । तर कति गते कुन पत्रिकामा सुचना निकालेको भने उनले बताएनन् । यता लाइसेन्स खारेज गरी पाउँ भनी आइक्यानमा दिएको निवेदन पनि उनले देखाउँछु त भने तर देखाएनन् ।      
    Hamro Parto AD
    NMB BANK
    TRITON COLLEGE

    प्रतिक्रिया दिनुहोस्

    सिफारिस: