पेट्रोलको मूल्य घट्यो !


नेपाल आयल निगमले पेट्रोलको मुल्य घटाएको छ। आइतबार राति देखि १२ बजेदेखि नै लागू हुने गरि मूल्य घटाईएको हो ।  यसअघि एक सय चार रुपैयाँमा प्रतिलिटर रहेको पेट्रोल अब एक सय तीन रुपैयाँमा झरेको छ । 

निगमले डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्यमा कुनै परिवर्तन गरेको छैन ।  आयल निगमका प्रवक्ता वीरेन्द्र गोहितले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटेको जानकारी दिए ।
प्रकाशित : Sunday, March 04, 2018

recent

Popular Posts