×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सभामुख र उपसभामुखको निर्वाचन फागुन २६ मा हुँदै

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २० फाल्गुन २०७४, आईतवार

PRIME CA
laxmi sunrise bank

सभामुख र उपसभामुखको निर्वाचन फागुन २६ मा हुँदै

काठमाडौ – फागुनको २६ गते सभामुख र उपसभामुखको निर्वाचन हुने भएको छ । आइतवार बसेको सर्बदलिय बैठकले २६ फागुनको मिति तय गरेको हो । सांसद सचिवालयले आह्वान गरेको बैठकमा सभामुख र उपसभामुखको निर्वाचनका लागि प्रस्ताव गरिएको थियो ।
सचिवालयले २६ फागुनका लागि मिति प्रस्ताव गरेको थियो । सचिवालयको प्रस्तावलाई एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस, संघिय समाजबादी फोरम र राजपाले अनुमोदन गरेका छन् ।
दलिय अनुमोदनपछि संसद सचिवालय सभामुख र उपसभामुखको निर्वाचन तयारीमा जुटेको छ । ब्यवस्थापिका संसदको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गनुपर्ने कानुनी प्रावधान छ ।
२१ फागुनमा पहिलो ब्यवस्थापिका संसदको बैठक बस्दैछ । सभामुख र उपसभामुखको निर्वाचन मिति तोकिसक्दा पनि दलहरुले उम्मेद्धार टुंगो लगाउन सकेका छैनन् । सभामुख र उपसभामुमा एमाले र माओवादीमा भागबण्डा गरिसकेका छन् । माओवादी केन्द्रले सभामुख र एमालेले उपसभामुख लिने सहमति भइसककेो छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: