×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सलमान खानको नेपाल भ्रमण स्थगित हुँदा म यस कारण खुसी छु ! तपाईंहरु नि… ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १८ फाल्गुन २०७४, शुक्रबार

PRIME CA
laxmi sunrise bank

सलमान खानको नेपाल भ्रमण स्थगित हुँदा म यस कारण खुसी छु ! तपाईंहरु नि… ?


  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम 
विदेशी कलाकार, अझ भनौं भारतीय कलाकार महँगो शुल्क लिएर नेपाल भ्रमणमा आउँदै छन् भन्ने खबर पाउनेबितिकै हामी यस विषयको फलोअपमा जुटेका थियौं । नेपाली कलाकारहरुलाई सित्तैमा नाच्न अफर गर्ने अनि भारतीय कलाकारलाई करोडौं रुपैयाँ तिरेर नेपाल र नेपालीको बेइज्जत गर्न खोज्ने आयोजकलाई कार्यक्रम स्थगनले राम्रै झापड दिएको हुनुपर्छ ।
हुन त सलमान खानको कार्यक्रम स्थगित भएको घोषणा शुक्रबारमात्र भयो । तर अर्थ सरोकार डटकमले बिहिबारनै कार्यक्रम स्थगित भइसकेको र औपचारिक घोषणा शुक्रबार आउने खबर प्रकाशित गरिसकेको थियो। यसले  समग्र नेपाली मनहरुलाई खुसी तुल्याएको हुनुपर्छ । ती खुसी हुने नेपालीहरुमा म पनि पर्छु ! खानको ‘दबंग द टुर’ १० मार्चमा काठमाडौंमा हुने तय भएको थियो । टुँडिखेलमा हुने शोमा अभिनेत्री सानोक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायतका कलाकार पनि उपस्थित हुने भनिएको थियो । जुन नेपाल र नेपालीका लागि सुहाउँदो कुरा पनि थिएन । 
देखावटी र भित्री स्वार्थ फरक थियो । नाकाबन्दीपछि नेपालको पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रचार न्यूनिकरण गर्दै नेपाल सुरक्षित गन्तव्य भएको सन्देश दिन कार्यक्रम गर्न लागिएको बताईएको थियो । तर यथार्थमा नेपालमा भारतीय कलाकार हावी बनाउने, तिनै कलाकारलाई ल्याएर मोटो रकम कमाउने र रक्सीको प्रचार गर्ने उदेश्य थियो उक्त कार्यक्रमको भन्ने तथ्य सबैले बुझेका छन् । 
१. आयोजकले जे भनेपनि कार्यक्रम नेपालीको भावना विरुद्ध थियो ।
२. सलमान खान नेपाल आएको भए नेपाली कलाकारको भाउ घट्ने र जवरजस्ती घटाउने दुष्प्रयास भइरहेको थियो ।
३.नेपालमा सलमानलाई रक्सीको प्रवर्दन गर्ने बाहेक कुनै कामका लागि ल्याईदै थिएन । त्यसले समाजमा नकारात्मक असर पर्ने पक्का थियो ।
४. केहि संगठनहरुले उनी आएको खण्डमा विरोध गर्ने बताएका थिए । द्वन्दको खतरा थियो । कार्यक्रम स्थगित भयो सबैलाई आनन्द भएको छ ।
५. आयोजकलाई पनि यस्ता हावा कार्यक्रम गरेर वा नेपालीको भावनविरुद्ध गए घाटा हुन्छ भन्ने सवक मिलेको हुनुपर्छ ।
म त यो कार्यक्रम स्थगित भएकोमा खुसी छ् । तपाईं नि ?          
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: