×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एसियन लाइफको बोनसमा परिवर्तन, अब कति दिँदैछ बोनस ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १३ बैशाख २०७५, बिहीबार

PRIME CA
laxmi sunrise bank

एसियन लाइफको बोनसमा परिवर्तन, अब कति दिँदैछ बोनस ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – एसियन लाइफ इन्सुरेन्सले बोनसदर परिवर्तन गरेको छ । एसियनले यसअघि घोषणा गरेको १२% बोनसलाई संशोधन गरी अब ६% बोनस मात्र दिइने जनाएको छ । बोनससँगै कर तिर्ने रकममा पनि परिवर्तन भएको छ । कर तिर्न नगद लाभांश अब ०.३२% मात्र हुनेछ । यसअघि कम्पनीले ०.६३% नगद लाभांश दिने घोषणा गरेको थियो ।
नियामक निकाय राष्ट्रिय बिमा समितिले यसअघिको १२% बोनस र ०.६३% नगद प्रस्तावलाई स्वीकृति नदिएपछि बोनसदर परिवर्तन गरिएको एसियनले जनाएको छ । नयाँ बोनस पनि बिमा समिति र आगामी वार्षिक साधारण सभाबाट परित भएपछि मात्र वितरण हुनेछ ।
एसियन लाइफले हालैमात्र ५०% हकप्रद बिक्री गरेको छ । कम्पनीले ४० करोड २७ लाख ९६ हजार ६२० रुपैयाँ बराबरको ४० लाख २७ हजार ९६६.२० कित्ता हकप्रद बिक्री गरेको हो । यो हकप्रदपछि चुक्ता पुँजी १ अर्ब २० करोड ८३ लाख ८९ हजार रुपैयाँ पुग्छ । बोनसपछि पुँजी अझै थपिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: