×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेन्चुरीको लोभलाग्दो प्रगति, खुद नाफा १०२.६३% ले वृद्धि

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ११ बैशाख २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

सेन्चुरीको लोभलाग्दो प्रगति, खुद नाफा १०२.६३% ले वृद्धि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा सेन्चुरी बैंकको खुद नाफा ६३ करोड ५० हजार रुपैयाँ कमाउन सफल भएको छ । गत वर्ष ३१ करोड ९ लाख ४० हजार रुपैयाँ मात्र खुद नाफा कमाएको यस बैंकले यो नाफा १०२.६३% ले वृद्धि गरेको हो । यो नाफाले भविष्यप्रति निकै सकारात्मक हुन सक्ने देखिएको छ । 
बैंकको खुद ब्याज आम्दानी पनि ५९.२८% वृद्धि भएर १ अर्ब २२ करोड ८२ लाख २६ हजार रुपैयाँ पुर्याउन सफल भएको छ भने सञ्चालन नाफा पनि ८५ करोड ३७ लाख ३८ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा ८१.२२% ले वृद्धि भएको हो ।
सेन्चुरीले १३ करोड २० लाख ३१ हजार रुपैयाँ राइट ब्याक गर्दा प्रोभिजनमा ११ करोड ८५ लाख २३ हजार रुपैयाँ राखेको छ । निक्षेप संकलन ५२ अर्ब ७३ करोड २७ लाख ३१ हजार रुपैयाँ र कर्जा लगानी ५० अर्ब २ करोड ७९ लाख २८ हजार रुपैयाँ पुगेको छ । गत वर्षको तुलनामा निक्षेप ५९.१०% र कर्जा लगानी ६६.३८% धेरै हो ।
सेन्चुरीको कर्जा निक्षेप अनुपात ७८.१८% रहेको छ । खराब कर्जा र कस्ट अफ फन्ड दुवै बढेका छन् । खराब कर्जा ०.५३% बाट बढेर ०.७६% पुगेको छ भने कस्ट अफ फन्ड ७.४१% बाट बढेर ८.८८% पुगेको छ । यता, सेन्चुरीको पनि चुक्ता पुँजी राष्ट्र बैंकले तोके अनुसार पुगिसकेको देखिन्छ । 
चुक्ता पुँजी ११८.५८% ले वृद्धि भई ८ अर्ब ६ करोड ३४ लाख ३५ हजार रुपैयाँ पुगेको छ । रिजर्भ कोषमा भने जम्मा १ अर्ब २१ करोड २३ लाख ५४ हजार रुपैयाँ मात्र छ ।गत वर्ष ११ रुपैयाँ २४ पैसा रहेको प्रतिसेयर आम्दानी घटेर १० रुपैयाँ ४२ पैसामा आएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: