×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फर्स्ट माइक्रोफाइनान्सको ५०% हकप्रद भर्न ३ दिन मात्र बाकी

PRIME CA

फर्स्ट माइक्रोफाइनान्सको ५०% हकप्रद भर्न ३ दिन मात्र बाकी

अर्थ सरोकार

प्रकाशित मिति : २१ चैत्र २०७४, बुधबार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – फर्स्ट माइक्रोफाइनान्सको ५०% हकप्रद भर्न अब बुधबार सहित ४ दिन मात्र समय बाँकी रहेको छ । शुक्रबार कार्यालय समयभित्र यो हकप्रदमा आवेदन दिइसक्नुपर्नेछ । कम्पनीले फागुन १८ गतेदेखि २ः१ अनुपातमा २२ लाख ८१ हजार ३१३ कित्ता सेयर बिक्री खुला गरेको हो । 
बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, राष्ट्रिय नाचघर काठमाडौं तथा फर्स्टमाइक्रोफाइनान्सको काठमाडौं ज्ञानेश्वर, मोरङको उर्लाबारी तथा चितवनको भरतपुरबाट पनि सेयर भर्न सकिनेछ । 
यसैगरी, आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि सेयर भर्न मिल्नेछ । हाल फस्र्टको चुक्ता पुँजी ४५ करोड ६२ लाख ६३ हजार रुपैयाँ छ । कम्पनीले यही पुँजीबाट ५०% हकप्रद सेयर जारी गरेको हो । हकप्रद बिक्रीपछि चुक्ता पुँजी ६८ करोड ४३ लाख ९३ हजार ८०० रुपैयाँ पुग्नेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: