×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा विकास बैंकको खुद नाफा १३.२८% वृद्धि, कतिले बढ्यो ब्याज आम्दानी ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १२ बैशाख २०७५, बुधबार

PRIME CA
laxmi sunrise bank

गरिमा विकास बैंकको खुद नाफा १३.२८% वृद्धि, कतिले बढ्यो ब्याज आम्दानी ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा गरिमा विकास बैंक लिमिटेडले  २८ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १३.२८% बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा २४ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चुक्ता पुँजी २ अर्ब ५३ करोड ४८ लाख रुपैयाँ भएको गरिमा बैंकले जगेडाकोषमा ५७ करोड ९ लाख रुपैयाँ राखेको छ । निक्षेपमा १८ अर्ब ६३ करोड ९६ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा १७ अर्ब १० करोड ५५ लाख रुपैयाँ लगानी गरेको छ । 
बैंकको खुद व्याज आम्दानी २८.७२% ले बढेर ६९ करोड ९६ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १२ दशमलव ६६% ले बढेर ४३ करोड ६९ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा २५ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा १० करोड ३५ लाख ९७ हजार रुपैयाँ राखेको छ ।
चैत्र मसान्तसम्मा बैंकको निष्कृय कर्जा शुन्य दशमलव ७८% , पूँजीकोषको अनुपात २०.५०% , प्रतिसेयर आम्दानी वार्षिक १४.८१ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १२.२२ गुणा, प्रतिसेयर नेटवर्थ १ सय २२.५२ रुपैयाँ र तरलता अनुपात २५.९०% रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: