×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी तीनमा को बन्ला नेपाल प्रहरीको भावी आईजीपी ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २२ चैत्र २०७४, बिहीबार

PRIME CA
laxmi sunrise bank

यी तीनमा को बन्ला नेपाल प्रहरीको भावी आईजीपी ?

काठमाडौं – प्रहरी महानिरीक्षक (आइजीपी) प्रकाश अर्यालले आगामी चैत २९ गतेबाट अनिवार्य अवकास पाउने भएपछि नयाँ आइजीपीका लागि डिआइजीहरुबीच चर्को प्रतिस्पर्धा चलिरहेको छ ।
नेपाल प्रहरीको २६ औं आईजीपीमा डीआईजीमध्येबाट नै एकजना नियुक्ति हुँदैछन् । सामान्यतयाः वरियताक्रममा एक नम्बरमा रहेका डीआईजी नै आईजीपी हुने प्रावधान छ ।
जसका कारण प्रहरीमा चेन अफ कमाण्ड कायम गर्न पनि सहज हुँदै आएको इतिहास छ । प्रहरी नियमावलीमा ‘ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्नसक्ने, एवम् मातहतको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्नसक्ने सामर्थ्यका आधारमा महानिरीक्षक पदमा बढुवा गरिने’ भनिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि कार्यसम्पादन, ज्येष्ठता र विगतको मूल्यांकनका आधारमा कानूनले निर्दिष्ट गरेका प्रक्रिया पूरा गरेर नै आइजीपी बढुवा गर्ने सोचमा छन् । बिगतमा वरिष्ठताका कारण सिर्जना भएको भाँडभैलो यो पटक नदोहोरिने र प्रहरीमा अनुशासन पनि कायम गर्न प्रधानमन्त्री ओली दृढ रहेको समेत बुझिएको छ ।
आईजीपीका लागि अहिले तीन डिआईजीको नाम चर्चामा छ । डीआईजीत्रय सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्कीमध्येबाट नेपाल प्रहरीले नयाँ नेतृत्व पाउने निश्चित छ । खनाल, खरेल र कार्की तीनैजना २०४६ का व्याजी हुन् ।
त्यसो त प्रहरी प्रमुख भनेको सधैं आफुले चाहेजस्तो गर्न पाउने पद हैन । ऐन, नियम अनुसार चेन अफ कमाण्डमा रहेर काम गर्नु पर्ने पद हो । अफूभन्दा तल्लो तहका प्रहरीको उच्च मनोवल राखेर काम गराउनु प्रहरी प्रमुखको दायित्व पनि हो ।
आफुले भनेजस्तो नहुँदा संगठनमा आक्रोश पोख्दै हिड्ने, अनुशासनहिनता प्रदर्शन गर्ने, अराजकता देखाउन र चेन अफ कमाण्ड नमान्ने प्रहरी अधिकारीको विषयमा सरकारले बेलैमा सोच्न सकेन भने भविश्यमा यस अघि हुँदै आएका विकृति र विसंगतीहरु पनि नदोहोरिएलान भन्न सकिन्न ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: