×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनता बैंक र बुम रेमिटबीच सम्झौता

PRIME CA

जनता बैंक र बुम रेमिटबीच सम्झौता

अर्थ सरोकार

प्रकाशित मिति : २३ चैत्र २०७४, शुक्रबार

काठमाडौं – जनता बैंक नेपाल लिमिटेडले आफ्नो “जनता रेमीट” को मुख्य एजेन्ट भई काम गर्न बुम रेमिट्यान्सलाई नियुक्त गरेको छ । बिहीबार जनता बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परसुराम कुँवर क्षेत्रीेले र बुम रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले सम्झौतामा हस्तक्षर गरे।
सम्झौता बमोजिम “जनता रेमीट” मार्फत पठाएको रकम बुम रेमिट्यान्सले आफ्नो एजेन्ट र शाखाहरु मार्फत भुक्तानी गर्ने बैंकले जनाएको छ । यसका साथै बुम रेमिट् मार्फत नेपालीले विदेशबाट पठाएको रकम जनता बैंकले आफ्नो एजेन्ट र शाखाहरु मार्फत भुक्तानी गर्ने जनाएको छ ।
हाल बुम रेमिट्यान्सले खाडी मुलूकहरू र हङ्गकङ्गबाट रेमिट्यान्सको कारोवार गर्दै आएको बताएको छ र यसले चाँडै नै मलेसिया, कोरिया, जापान, क्यानडा, अस्ट्रेलिया, युरोप, ईजरायल, भारत र अमेरिकाबाट समेत कारोवार शुरु गर्ने जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: