×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१० बुँदे ‘लुम्बिनी घोषणापत्र २०१८’ जारी, के छ घोषणापत्रमा ?

PRIME CA

१० बुँदे ‘लुम्बिनी घोषणापत्र २०१८’ जारी, के छ घोषणापत्रमा ?

१७ बैशाख २०७५, सोमबार

पढ्न लाग्ने समय: < २ मिनेट

लुम्बिनी – अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनले १० बुँदे ‘लुम्बिनी घोषणापत्र २०१८’ जारी गरेको छ । लुम्बिनी गुरुयोजनालाई शान्ति र मानवताको विश्वकेन्द्रका रूपमा विकास गर्नेलगायतका प्रतिबद्धतासहित दुईदिने सम्मेलन आइतबार सम्पन्न भएको हो ।
घोषणा–पत्रमा लुम्बिनीलाई भगवान बुद्धको जन्मस्थल र बौद्धधर्म तथा विश्वशान्तिको मुहानका रुपमा विश्वभर प्रवद्र्धन गर्ने उल्लेख छ । त्यस्तै, केन्जो टांगेद्वारा डिजाइन गरिएको लुम्बिनी गुरुयोजनालाई शान्ति र मानवताको विश्वकेन्द्रका रूपमा सम्पन्न गर्ने, अन्तरआस्था, संवादको प्रवद्र्धन र विश्व बौद्ध समुदायलाई एकीकृत गर्ने घोषणा–पत्रमा उल्लेख छ । घोषणा–पत्र सार्वजनिक गर्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले सम्मेलनले पारित गरेका बुँदाहरूलाई सबै मिलेर कार्यान्वयन गर्नुपर्ने बताए । ‘लुम्बिनी नेपाल स् भगवान् बुद्धको जन्मस्थल तथा बौद्धधर्म र विश्वशान्तिको उद्गमस्थल’ भन्ने सम्मेलनको नारा तय भएको थियो ।

यस्तो छ १० बुँदे घोषणापत्र

१. सन् २०१६मा घोषणा गरिएको लुम्बिनी घोषणा–पत्रमा उल्लेखित लुम्बिनी नेपाललाई भगवान बुद्धको जन्मस्थल र बौद्धधर्म र विश्वशान्तिको मुहानलाई विश्वमा प्रवद्र्धन गर्ने
२. केन्जो टांगेद्वारा डिजाइन गरिएको लुम्बिनी गुरुयोजनालाई शान्ति र मानवताको विश्वकेन्द्रका रूपमा सम्पन्न गर्ने
३. अन्तरआस्था, संवादको प्रवद्र्धन गर्न र विश्व बौद्ध समुदायलाई एकीकृत गर्न, एसियामा बढ्दो जातीय हिंसा र यसलाई बौद्धमार्गबाट समाधान गर्नका निम्ति एक भई काम गर्ने
४. लुम्बिनीमा शान्ति र द्वन्द्वको निरूपणका लागि अन्तर्राष्ट्रिय केन्द्र स्थापना गर्ने
५. लुम्बिनीलाई एसियाको बृहत्तर तीर्थस्थलको सर्किटका रूपमा स्थापना गरी भारतको बोधगया, सारनाथ, कुशीनगर र श्रीलंका, म्यानमार, बंगलादेश, चीन एवं पाकिस्तानका बौद्ध सम्पदाहरूलाई प्रवद्र्धन गर्ने ।
६. बृहत्तर लुम्बिनीको पुरातात्विक, सांस्कृतिक र प्राकृतिक सम्पदाहरूलाई एकीकृत रूपमा व्यवस्थापन गरी संरक्षण गर्ने ।
७. बृहत्तर लुम्बिनीको वातावरणको संरक्षण गर्न र सबै किसिमका प्रदूषणको स्रोतको अनुगमन र नियन्त्रण गर्ने ।
८. कपिलवस्तु (बुद्ध र शाक्यको मातृभूमि), देवदह (महारानी मायादेवीको माइतीघर), रामग्राम (बुद्धको अस्तुधातु भएको स्थल)को बृहत महत्वलाई हृदयंगम गर्दै सबै बौद्धमार्गी र संसारका शान्तिप्रिय जनतालाई बुद्धिस्ट सर्किटअन्तर्गतका रूपमा एकीकृत बृहत् लुम्बिनी गुरुयोजनाका रूपमा निर्माण गर्ने ।
९. बौद्ध शिक्षाका लागि लुम्बिनीलाई विश्वकेन्द्रको रूपमा विकास गर्ने ।
१०. लुम्बिनी घोषणा–पत्र २०१६ लाई कार्यान्वयन गर्दै विश्व बुद्धिस्ट मञ्चको स्थापना गरी बुद्ध परम्पराहरूको सञ्जालका लागि शुभारम्भ गर्ने ।

गुरुयोजना पूरा गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री ओली

सम्मेलनको समापन गर्दै प्रधानमन्त्री केपी ओलीले लुम्बिनी गुरुयोजना समयमै पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले पुरातत्व क्षेत्रको उत्खनन र संरक्षणमा लाग्दै बृहत्तर लुम्बिनीलाई पूर्णता दिने बताए । विश्वलाई अँध्यारोबाट हटाउन बुद्धको दर्शनले महत्वपूर्ण योगदान पुर्याएको बताए ।
सम्मेलनमा अमेरिका, थाइल्यान्ड, भारत, चीन, श्रीलंका, कोरिया, मलेसियालगायतका २३ राष्ट्रका ३ सय प्रतिनिधिले सहभागि थिए । सम्मेलनमा ३१ जनाले कार्यपत्र प्रस्तुत गरेका थिए । १९ कार्यपत्र विदेशी र १२ वटा नेपाली विज्ञले प्रस्तुत गरेका थिए ।
सहभागीहरूले विगतमा भएका उपलब्धिहरूलाई समेट्दै लुम्बिनी भगवान बुद्धको जन्मस्थल र बुद्धधर्म र विश्वशान्तिको मुहान भएको स्विकार्दै प्रवद्र्धन गर्ने प्रतिबद्धता जनाए । उनीहरुले विश्व समुदायलाई बढ्दो हिंसा, असहिष्णुता र द्वन्द्वको सम्बोधन गर्न अह्वान गर्ने र दीगो विश्वशान्तिका निम्ति बुद्धको शिक्षालाई अवलम्बन गर्ने प्रतिबद्धता जनाएका छन् ।

ग्रेटर लुम्बिनीको अवधारणा

कार्यक्रममा पर्यटनमन्त्री रवीन्द्र अधिकारीले घोषणा–पत्रमा उल्लेख बुँदाहरू पूरा गर्न सरकारले प्रयास गर्ने र सबै पक्षले सहयोग गर्न आवश्यक रहेको बताए ।
मन्त्री अधिकारीले अबको साढे दुई वर्षमा लुम्बिनी गुरुयोजनाको बाँकी काम सम्पन्न गर्ने लक्ष्य लिएको बताए । लुम्बिनीमा आउने पर्यटकको बसाइ लम्ब्याउन भौतिक पूर्वाधारको विकास आवश्यक रहेको र त्यसका लागि सरकारले काम सुरु गर्ने बताए ।
लुम्बिनीको समग्र विकासका लागि लुम्बिनी तथा त्यस क्षेत्रसँग सम्बन्धित तिलौराकोट, देवदह तथा रामग्रामलाई जोडेर ग्रेटर लुम्बिनीको अवधारणा अघि बढाउने उनले बताए । लुम्बिनीमा आउने पर्यटकको बसाइ लम्ब्याउनका लागि लुम्बिनीमा भौतिक पूर्वाधारको विकास आवश्यक रहेको छ, त्यसका लागि सरकारले काम थाल्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: