लुम्बिनी विकास बैंकको सेयर वैशाख २ गतेदेखि लिलामीमा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - वैशाख २ गतेदेखि लुम्बिनी विकास बैंकले संस्थापक समूह र सर्वसाधारण समूहको गरि कुल ६ लाख १ हजार ३२५.४७ कित्ता सेयर लिलामीमा बेच्ने भएको छ । बैंकले संस्थापक समूहको ३ लाख ७९ हजार ३३६.४४ कित्ता र सर्वसाधारण समूहको २ लाख २१ हजार ९८९.०३ कित्ता सेयर लिलामी गर्न लागेको छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ । 

यसमा आवेदन दिने अन्तिम म्याद वैशाख ९ गते तोकिएको छ । लगानीकर्ताले बिक्री प्रबन्धक भिबोर क्यापिटल कृष्णगल्ली, ललितपुरबाट आवेदन दिन सक्नेछन् । यसैगरी, लुम्बिनी विकास बैंकको डिल्लीबजारस्थित केन्द्रीय कार्यालयसहित उपत्यका भित्रका त्रिपुरेश्वर, कान्तिपथ, न्यूरोड ठमेल तथा उपत्यका बाहिर पोखराको न्यूरोड र महेन्द्रपुल, विराटनगर, वीरगञ्ज, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज,जनकपुर र बनेपा शाखा कार्यालयबाट पनि लिलामी भर्न सकिनेछ ।

प्रकाशित : Tuesday, April 10, 2018

recent

Popular Posts