×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मणिपाल शिक्षण अस्पतालका कर्मचारी र प्रहरीबीच झडप, १० घाइते २० जना समातिए !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १९ चैत्र २०७४, सोमबार

PRIME CA
laxmi sunrise bank

मणिपाल शिक्षण अस्पतालका कर्मचारी र प्रहरीबीच झडप, १० घाइते २० जना समातिए !

पोखरा – मणिपाल शिक्षण अस्पतालमा सोमबार आन्दोलनरत कर्मचारी र प्रहरीबीच झडप हुँदा ७ प्रहरी र ३ आन्दोलनकारी घाइते भएका छन् । प्रहरीमाथि ढुंगामुढा प्रहार गरी अस्पतालमा तोडफोड गरेको आरोपमा २० आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको र घाइते प्रहरीको पोखराको फिस्टेल अस्पतालमा उपचार भइरहेको छ ।
घाइते हुनेमा प्रहरी जवानहरु विपीन थापामगर, गोविन्दराज कोटी, गमबहादुर थापा, रुपलाल थापा, यमुना राज कोटी, अन्जना घर्ती र तुलसा पोखरेल छन् । कर्मचारीतर्फ राजबहादुर घर्ती, कर्णबहादुर केसी र अमर गुरुङ घाइते भएका छन् । उनीहरुलाई घाँटी तथा टाउकोमा चोट लागेको छ । आन्दोलनकारीको प्रहारबाट अस्पताल भवनका केही सिसा फुटेका छन् ।
अस्पतालका कर्मचारीले ६ महिनायता तलब वृद्धि, बिदा, स्थायी गर्नु पर्ने लगायत विगतमा भएका सम्झौता कार्यान्वयनको माग गर्दै आन्दोलन गरेका छन् । उनीहरुले अस्पताल प्रशासनअगाडि धर्नासमेत दिँदै आएका थिए । प्रहरीले धर्नामा हस्तक्षेप गरेको आन्दोलनकारी बताएका छन् भने प्रहरीले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा अवरोध र्पुयाउन खोजेको आरोप लगाएको छ । प्रहरीले कर्मचारी युनियन मणिपालका अध्यक्ष नवराज भण्डारीसहितको टोलीलाई पक्राउ गरेर लगेको मण्पिालका कर्मचारी पविन बास्तोलाले बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: