×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

झण्डै तीन दर्जन सचिवहरुको सरुवा, हेर्नुस् को कहाँ ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २३ चैत्र २०७४, शुक्रबार

PRIME CA
laxmi sunrise bank

झण्डै तीन दर्जन सचिवहरुको सरुवा, हेर्नुस् को कहाँ ?

काठमाडौँ  – प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा जानुअघि विभिन्न मन्त्रालयका सचिवहरुको सरुवा गरेका छन् । गृह मन्त्रालयमा रहेका सचिव मोहनकृष्ण सापकोटालाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ । प्रधानमन्त्री कार्यालयमै रहेका अर्का सचिव खगराज बराललाई शिक्षा सचिव बनाइएको छ ।
महेन्द्रमान गुरुङलाई सञ्चार सचिव बनाइएको छ । गुरुङ पनि यसअघि प्रधानमन्त्री कार्यालयमै थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका सचिव राजन खनाललाई अर्थसचिव बनाइएको छ । अख्तियारमा सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव महेश्वर न्यौपानेलाई लगिएको छ । राष्ट्रिय योजना आयोगका विष्णु लम्साल रक्षा सचिव बनेका छन् भने प्रधानमन्त्री कार्यालयका सचिव शरच्चन्द्र पौडेल योजना आयोगमा पुगेका छन् ।
त्यसैगरी मधुसुदन अधिकारीलाई भौतिक पूर्वाधार मन्त्रालयको सचिव बनाइएको छ । अधिकारी यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा थिए । युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहाललाई श्रम तथा रोजगार मन्त्रालयको सचिव बनाइएको छ । नेपाल ट्रष्ट कार्यालयमा कार्यरत अर्जुनकुमार कार्कीलाई पुनिर्निर्माण प्राधिकरणको सचिव बनाइएको छ ।
वनसचिव डा.युवकध्वज जीसीलाई कृषि मन्त्रालयको सचिव बनाइएको छ भने पशुपंक्षी सचिव विश्वनाथ ओलीलाई वन मन्त्रालयमा सरुवा गरिएको छ । अर्थमन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ भने शिक्षा सचिव मधुप्रसाद रेग्मीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको छ ।
प्रदेश १ का कामु मुख्यसचिव यादवप्रसाद कोइराला काठमाण्डु महानगरपालिकामा सरुवा भएका छन् । सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले सबै सचिवहरुको सरुवा गर्ने नीति अनुरुप सरुवा गरिएको बताए ।
उनले भने ‘३० जना सचिवहरुको अदल(–बदल भएको छ । एकपटक सबै सचिवहरुको सरुवा गर्ने सरकारको नीति अन्तरगत यो अदल–बदल गरिएको हो ।’ पर्यटन मन्त्रालय, कानून मन्त्रालय र सामान्य प्रशासन मन्त्रालय लगायतका सचिवहरु यथावत राखिएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: