मिर्मिरे माईक्रोफाईनान्सको खुद नाफा ७४ %ले वृद्धि हुनुमा खास के छ कारण ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - मिर्मिरे माईक्रोफाईनान्स डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ७४% ले वृद्धि गरेर २ करोड १२ लाख रुपैयाँ कमाएको छ ।गत वर्ष यहि अबधीमा बैंकले खुद नाफा १ करोड २१ लाख रुपैयाँ कमाएकोे थियो ।

बैंकको खुद व्याज आम्दानी २२ दशमलव ९१ प्रतिशतले बढेर ५ करोड ९२ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ६२ दशमलव ५ प्रतिशतले बढेर २ करोड ६७ लाख रुपैयाँ पुगेको छ ।

चुक्ता पुँजी ४ करोड ५० लाख रुपैयाँ भएको बैंकले जगेडाकोषमा ५ करोड रुपैयाँ राखेको छ । निक्षेपमा १०६.६६% ले वृद्धि गरी ३४ करोड १५ लाख रुपैयाँ संकलन गरेको छ । जसले कर्जामा १ अर्ब २४ करोड ३ लाख रुपैयाँ लगानी गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ६७.११% ले वृद्धि हो ।

बैंकको निष्कृय कर्जा शुन्य दशमलव ९७% , पुँजीकोषको अनुपात ९.१४% , प्रतिशेयर आम्दानी वार्षिक ६२.८६ रुपैयाँ, मुल्य आम्दानी अनुपात ३८.९८ गुणा, तरलता अनुपात ४०% र प्रतिशेयर नेटवर्थ २११.२८ रुपैयाँ रहेको छ ।
प्रकाशित : Monday, April 30, 2018

recent

Popular Posts