×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसीसीको नयाँ शाखा बेनीमा, अब ग्राहकलाई सुविधैसुविधा

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १७ बैशाख २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

एनसीसीको नयाँ शाखा बेनीमा, अब ग्राहकलाई सुविधैसुविधा

काठमाडौं – बैङ्किङ पहुँच नपुगेका स्थानमा शाखा स्थापना गर्ने नेपाल सरकारको उद्देश्यअनुरूप नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैङ्कले म्याग्दीको बेनी नगरपालिका–७ मा शाखा सञ्चालन गरेको छ । आइतवार आयोजित एक कार्यक्रमबीच बैङ्कका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले उक्त शाखाको उद्घाटन गरेका हुन् । 
बेनी शाखा सञ्चालनले यहाँका व्यवसायी तथा सर्वसाधारणलाई वित्तीय कारोबार गर्न सहज हुने बैङ्कका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले बताए । स्थानीय तहमा छरिएर रहेको बचत परिचालन गरी सोही क्षेत्रका उद्योग व्यवसायमा टेवा पु¥याउने उद्देश्यले शाखा सञ्चालन गरिएको उनको भनाइ थियो ।
बैङ्कले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५९ अर्ब १ करोड निक्षेप सङ्कलन गरी ५२ अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको र सो अवधिमा ५४ करोड ३१ लख रुपैयाँ खुद नाफा आर्जन गरेको बैङ्कले जानकारी दिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: