एनआईसी एशियाको नयाँ शाखा नवलपरासीको गैंडाकोटमा

काठमाडौं - एनआईसी एशिया बैंकको नयाँ शाखा नवलपरासी स्थित गैंडाकोटमा सञ्चालनमा ल्याएको छ । मंगलबार समारोहका बिच गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेल र बैंकका संचालक राजेन्द्रप्रसाद अर्यालले उक्त शाखाको संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

उक्त कार्यक्रममा स्थानीय निकायमा बैंकिङ सेवा नपुगेको एवं त्यहाँ बसोबास गर्ने सबै व्यापारी, व्यवसायी तथा स्थानीय सर्वसाधारण, कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो । साथै उक्त कार्यक्रममा संचालक राजेन्द्रप्रसाद अर्यालले बैंकले आमसर्वसाधारणको बृहत्तर हितप्रति समर्पित उत्कृष्ट बैंकिङ्ग सेवा एवं सुविधाहरु प्रदान गर्दै आइरहेको बताएका थिए ।

बैंकका हालसम्म १९२ शाखा कार्यालयहरु, १९५ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवं ४ वटा शाखारहित बैंकिङ्ग मार्पmत् बैकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो संजाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार १५५ अर्ब रुपैयाँभन्दा वढि पुगेको छ भने बैंकको कुल कर्जा करिब १०७ अर्ब रुपैयाँ र कुल निक्षेप करिब १३१ अर्ब रुपैयाँ रहेको बैंकले जनाएको छ ।
प्रकाशित : Wednesday, April 11, 2018

recent

Popular Posts