×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल सेवा लघुवित्तको आइपीओ भर्ने आज अन्तिम मौका, तपाई छुट्नु त भएन

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको आइपीओ भर्ने आइतबार अन्तिम दिन हो । नेपाल सेवाले १०० रुपैयाँ दरको १ लाख ८० हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमध्ये ३ हजार ६०० (२%) कित्ता कम्पनीका कर्मचारी र ९ हजार (५%) कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी १ लाख ६७ हजार कित्ता सर्वसाधारणलाई बिक्री खुला गरेको हो ।
यसमा न्यूनतम ५० कित्तादेखि अधिकतम ९ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले आस्वा सदस्य सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट पनि सेयर भर्न सक्नेछन् । कम्पनीले चुक्ता पूँजीको ३०% सेयर सर्वसाधारणमा जारी गरेको हो ।
७०% हिस्सा संस्थापकसँगै रहेको छ । यसको बिक्री प्रबन्धक एनएमबि क्यापिटल हो । नेपाल सेवाकोे केन्द्रीय कार्यालय सिन्धुपाल्चोक जिल्लामा छ । बैंकमा गएर आस्वा प्रणाली वा घरमै बसेर सी–आस्वाबाट पनि सेयर भर्न मिल्नेछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: