प्रभु बैंकको २३ लाख २६ हजार कित्ता लिलामीमा आउंदै, कहाँ जाने भर्न ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - प्रभु बैंकको २३ लाख २६ हजार २८७ कित्ता लिलामी आउने भएको छ । बैंकले २ करोड ३५ लाख २५ हजार ६०८ कित्ता सेयर बिक्री खुला गरेकोमा  २३ लाख २६ हजार २८७ कित्ता हकप्रदमा आवेदन नपरेपछि पुनः बिक्रिका लागि लेलामीमा ल्याउन लागेको हो । 

बिक्री नभएको हकप्रद सेयर प्रभुले अब लिलामी प्रक्रियाबाट बिक्री गर्नेछ ।  यस बैंकको चुक्ता पुँजी ६ अर्ब ५३ करोड ३४ लाख १४ हजार रुपैयाँ छ । हकप्रद र बाँकी रहेको सेयर लिलामीमा बेचेपछि चुक्ता पुँजी ८ अर्ब २३ करोड ३९ लाख ६२ हजार ८०० रुपैयाँ पुग्नेछ ।
प्रकाशित : Monday, April 16, 2018

recent

Popular Posts