×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लेखा अधिकृतको यस्तो मनपरी, कीर्ते हस्ताक्षर गरी सुरक्षा भत्ता वापतको ३ करोड ९८ लाख रुपैयाँ झ्वाम !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १३ बैशाख २०७५, बिहीबार

PRIME CA
laxmi sunrise bank

लेखा अधिकृतको यस्तो मनपरी, कीर्ते हस्ताक्षर गरी सुरक्षा भत्ता वापतको ३ करोड ९८ लाख रुपैयाँ झ्वाम !

गाईघाट – कटारी नगरपालिकाका लेखा अधिकृत रबिनचन्द्र ढकाल करिब ४ करोड रुपैयाँ हिनामिना गरी फरार भएका बुधबार पक्राउ परेका छन् । सामाजिक सुरक्षा भत्ता वापतको ३ करोड ९८ लाख रुपैयाँ लिई फरार भएका ढकाललाई काठमाडौँ प्रहरीले पक्राउ गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुण्यप्रसाद लुइँटेलको कीर्ते हस्ताक्षर गरी फरार भएका ढकाललाई पक्राउ गरी अख्तियारमा जिम्मा लगाइएको नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले बताए ।
उक्त रकम कोष तथा लेखा नियन्त्रण कार्यालयले राष्ट्रिय वाणिज्य बैंक कटारी शाखाको खातामा जम्मा हुने गरी पठाएको थियो । जम्मा भएको केही दिनमै ढकालले कार्यालय प्रमुख लुइँटेलको कीर्ते हस्ताक्षर गरी रकम झिकेको नगरपालिकाका उपमेयर भीमकुमारी राउतले बताइन् ।
१ करोड ९८ लाख ७५ हजारका दरले २ पटकको रकम आफ्नो नाममा हालेका ढकालले वाणिज्य बैंकको थापाथली शाखाबाट पटक–पटक गरी २७ लाखबाहेक सबै रकम निकालिसकेको उपप्रमुख राउतले बताइन् । राष्ट्रिय वाणिज्य वैंकको शाखा कटारीका प्रमुख उमापति बाँस्तोलाले थापाथली शाखाबाट झिकेको पुष्टि गरे ।
वैशाख ३ गते कार्यालय छाडेर हिँडेका ढकालले रकम हिनामिना गरेको बुधबार मात्र खुलासा भएको हो ।
ढकालको खातामा रहेको उक्त रकम गएको चैत २ गते गोविन्द नामको व्यक्तिमार्फत एक करोड ५० लाख र चैत्र ५ गते हर्कबहादुर नामको व्यक्तिमार्फत १७ लाख निकालेको पाइएको बैंकका कटारी शाखाका प्रमुख बाँस्तोलाले बताए । उक्त रकम कसको खातामा सारियो भन्ने अनुसन्धान भइरहेको पनि बाँस्तोलाले बताए ।
सामाजिक सुरक्षा भत्तावापतको रकम नगरपालिकाबाट ढिला आएको थियो । तर पहिला नै ढकालले रकम आफ्नो नाममा हालिसकेको अवस्थामा भत्ताको रकम फेरि आएको शीर्षकबारे अनुसन्धान गरिने बाँस्तोलाले बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: