विदेश जानेलाई नक्कली बिमा पोलिसी जारी गरेको आरोपमा सिटिजन लाइफ इन्सुरेन्सका बीमा अभिकर्ता पक्राउ !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - सिटिजन लाइफ इन्सुरेन्समा कार्यरत कर्मचारी नक्कली बिमा पोलिसी बेचेको आरोपमा पक्राउ परेका छन् । प्राइम लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडमा हुँदा सो कम्पनीका नाममा नक्कली बिमा पोलिसी विक्री जारी गरेको आरोपमा प्रहरीले बिमा अभिकर्ता प्रकाश रेग्मीलाई प्रहरीले पक्राउ गरेको हो । हानगरीय प्रहरी वृत्त कालिमाटीले जानकारी दिए अनुसार उनले प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको नाममा २०७३ कात्तिक ११ गते मलेसिया जाने १८ कामदारलाई नक्कली बिमा योजना बिक्री गरेका थिए । श्रम स्वीकृतिका लागि कामदारले बिमा अनिवार्य गर्नुपर्ने प्रावधान छ । सोहीअनुसार कामदारले अधिकतम २० लाख रुपैयाँसम्म क्षतिपूर्ति पाउने व्यवस्था छ । स्याङ्जा स्थायी घर भएका रेग्मीले सात वर्षअघि प्राइम लाइफ इन्स्योरेन्सको अभिकर्ता भएर बिमा क्षेत्रमा प्रवेश गरेका थिए । करिब ७ महिनादेखि उनी अहिले सिटिजन्स लाइफ इन्स्योरेन्समा आबद्ध छन् ।

यता प्राइम लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडका कम्पनी सचिव राजनप्रसाद अधिकारीले सो घटनाबारे आन्तरिक अनुसन्धान भइरहेको बताएका छन् । 'उनले ६ महिना अघि हाम्रो कम्पनी छाडेका थिए । अहिले उनी सिटिजन्स लाइफमा अभिकर्ताको रूपमा कार्यरत छन् । हाम्रो कम्पनीको नामबाट नक्कली पोलिसी जारी भएको समिति, मेनपावर कम्पनी र पीडित गोमा बिडारीबाट थाहा पायाैँ । उहाँहरूले जुन नम्बरको पोलिसी जारी गर्नुभएको छ त्यो हाम्रो सफ्टवेयरमा इन्ट्री भएको छैन । हामी यसबारे थप अनुसन्धान गरिरहेका छौं ।' उनले भने ।

यता सिटिजन्स लाइफ इन्सुरेन्सले भने यस विषयमा प्रतिक्रिया दिन खोजेन । हामीले यसबारेमा बुझ्न खोज्दा मिडियासँग बोल्ने मान्छे बाहिर गएको र केहि पछि मात्र कल गर्न भन्दै कम्पनीका कर्मचारीले फोन राखेका थिए।  
प्रकाशित : Thursday, April 12, 2018

recent

Popular Posts