×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रोयल्टी नबुझाएको परिणाम : क्लासिकटेक र ब्रोडलिङ्कसहित चार इन्टरनेट कम्पनीको दर्ता खारेज गर्दै प्राधिकरण !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ५ बैशाख २०७५, बुधबार

PRIME CA
laxmi sunrise bank

रोयल्टी नबुझाएको परिणाम : क्लासिकटेक र ब्रोडलिङ्कसहित चार इन्टरनेट कम्पनीको दर्ता खारेज गर्दै प्राधिकरण !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- तपाईंले घरमा वा कार्यालयमा ब्रोडलिङ्क, क्लासिक टेक, आइटेल वा अलाइड नेट लिङ्क प्रयोग गर्नुभएको छ ? यदी छ भने तपाईंलाई खास राम्रो समाचार छैन । किनकि नेपाल दूरसञ्चार प्राधिकरणले यी कम्पनीको दर्ता खारेजीको प्रक्रिया थालेको छ । प्राधिकरणले दिएको जानकारी अनुसार नेपालमा यी कम्पनीहरु चलिरहने अवस्ता निकै कम छ । योमध्ये क्लासिक टेक अर्को थर्डक्लास सर्भिस दिने र जनतालाई ठग्ने भायानेटसँग मर्जरको प्रक्रियामा जान लागेको बुझिएको छ । स्मरण रहोस्, भायनेट जनतालाई सबैभन्दा दुख दिने, जनतालाई ठग्ने र झुर सर्भिस दिने इन्टरनेट सर्भिस प्रोभाईडर हो । 
‘ हामीले पटक पटक ताकेता गर्यौं । अव एक पटक अन्तिम मौका दिने कि भन्नेसम्म पुगेका छौं । त्यति गदा पनि रोयल्टी बुझाइएन भने उनीहरुको इजाजत रद्ध नै हुन्छ ।’ प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले अर्थ सरोकार डटकमसँग भने । 
स्रोतका अनुसार रोयल्टी नबुझाएर यी कम्पनीहरु अरु कुनै कम्पनीसँग आन्तरिक मर्जरमा जाने तयारी गरिरहेका छन् । ‘आफु रोयल्टी नबुझाएर क्लासिकटेक भायनेटसँग मर्जरमा जाँदैछ । भायोनेटले एक करोड ४२ लाख १३ हजार ७ सय रुपैयाँ रोयल्टी बुझाएको छ । यो मध्ये केहि रकम क्लासिकटेकले दिने उनीहरुको आन्तरिक सहमति छ ।’ भायानेटका एक उच्च अधिकारीले आफ्नो नाम नखुलाउने सर्तमा अर्थ सरोकार डटकमसँग भने ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: