×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट बैंकले दियो बैंकर्स संघलाई यस्तो चुनौती ! बैंकका कर्मचारीले संघको बैठकमै पधाधिकारीहरुलाई थर्काए !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १८ चैत्र २०७४, आईतवार

PRIME CA
laxmi sunrise bank

एभरेष्ट बैंकले दियो बैंकर्स संघलाई यस्तो चुनौती ! बैंकका कर्मचारीले संघको बैठकमै पधाधिकारीहरुलाई थर्काए !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- एभेरेष्ट बैंकले नेपाल बैंकर्स संघलाई ठाडो चुनौती दिएको छ । सानालाई मात्र पेल्न खोज्ने र ठुलालाई केहि गर्न नसक्ने संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगानाको कमजोरीको फाइदा उठाउँदै एभेरेष्टले बैंकर्स संघमा भएको सम्झौता विपरितको ब्याजदरमा आफुअघि बढ्ने योजना अघि सारेको छ । नागरिक लगानी कोषले ब्याज बढाबढमा निक्षेप राख्ने प्रस्ताव बैंकहरुलाई गरेपछि एभरेष्ट बैंकले ले ११.१५ प्रतिशतको व्याजदरमा निक्षेप स्वीकार गरेको थियो । जवकी संघले ११ प्रतिशतभन्दा बढी ब्याजमा मुद्धती निक्षेप संकलन नगर्ने सहमति गरेको थियो । एभरेष्टको यो कदमसंगै फेरी एक पटक ज्ञानेन्द्र ढुंगानाको सिन्डिकेट फ्लप खाएको छ । 
एभरेष्टका कर्मचारीले संघको बैठकमै पधाधिकारीहरुलाई थर्काए !
यस विषयमा बैंकर्स संघको बैठक पनि नबसेको होइन । तर एभरेष्टका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ नेपालमा नभएकाले सहायक प्रबन्ध सरहका २ कर्मचारी संघको बैठकमा पुगेर संघका सबै पदाधिकारीलाई थर्काएका छन् । बैंकर्स संघको मनपरी अलि बढी भएको भन्दै उनीहरुले सबै पधाधिकारीहरुलाई थर्काएका हुन् । उनीहरुले आफुहरुले गरेको निर्णय सहि भएको समेत दावी गर्दै बैठकबाट बाहिरिएका थिए । उनीहरुले बैंकर्स संघको सिन्डिकेट अनुसार आफ्नो बैंक नचल्ने स्पष्ट पारेका थिए । 
‘ एभरेष्ट बैंकका कर्मचारी आउनुभयो । बैठक नै सुरु नभई हामीलाई थर्काउनु भयो । निर्णय मान्दैनौं भन्नुभयो । ज्ञानेन्द्र ढुंगाना रुंला जस्तो गरेर बस्नुभयो । उहाँहरु जानुभयो ।’ बैठकमा सहभागी एक बैंकरले अर्थ सरोकार डटकमसँग भने, ‘संघको सहमति पनि धेरै दिन नटिक्ला जस्तो छ ।’ 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: