×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धर्मका नाममा ब्रम्हलुट ! चन्द्रागिरीको सिको गर्दै मनकामना परिसरमा पनि सुरु भयो चरम ठगी ! (फलोअप नम्बर १)

PRIME CA

धर्मका नाममा ब्रम्हलुट ! चन्द्रागिरीको सिको गर्दै मनकामना परिसरमा पनि सुरु भयो चरम ठगी ! (फलोअप नम्बर १)

३ बैशाख २०७५, सोमबार

पढ्न लाग्ने समय: < २ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेपालमा धर्मको व्यापारपनि खुब चलेको कुरा नयाँ होइन । यसैबीच भालेश्वर महादेवको नाम बेचेर चन्द्रागिरी हिल्स लिमिटेडले जनतालाई लुट्ने गरेको तथ्य पनि अव नौलो रहेन । धर्मका नाममा व्यापार गरेर, देउताको मुर्तिदेखाएर मम बेच्न पल्केको ठग चन्द्रागिरी हिल्स लिमिटेडको सिको गर्दै मनकामना दर्शन प्रालिले पनि जनता लुट्न थालेको छ । गोरखास्थित प्रसिद्ध मनकामना मन्दिरमा मन्दिरको जग्गा मिच्नेदेखि केवलकारको टिकटमा मनपरी गर्नेसम्मका चलखेल सुरु भएका छन् । यसअघि केवलकार व्यवसायमा ‘मोनोपोली’ रहेको मनकामना दर्शन प्रालिले चन्द्रागिरी हिल्स लिमिटेडले जनता ठगेको देखेपछी आफु पनि सोहि अनुसार ठगी गरेर मोटाउन पल्किएको पाइएको छ । 

समिति नाममात्रैको, व्यवसायीको मनपरी बढ्दा पनि कोहि बोल्दैन !
यसो त मनकामना मन्दिर परिसरलाई व्यवस्थित बनाउन र मनकामना क्षेत्रको विकास निर्माण एवम् व्यवस्थापनका लागि मनकामना क्षेत्र बिका समिति पनि गठन भएको छ । यो पूरानो समिति हो । करिव २०५३ सालमा गठन भएको यो समितिले समेत मनकामना परिसरलाइ विकास गर्नुभन्दा व्यक्तिगत स्वार्थमै समिति लागेको देखिन्छ । मन्दिर जीर्णोद्धार अलपत्र छ भने मनकामना परिसरमा मनपरी बढेको छ । कतिपय व्यापारीले समितिकै मिलेमतोमा मन्दिरको जग्गासमेत कब्जा गरेर होटल एवम् पसल चलाएका छन् । तर पनि कोहि बोलेको छैन । मन्दिर वरपर ठूला भवन निर्माण हुँदा मनकामनाको सुन्दरता त घटेको छ नै मन्दिर परिसरमा उत्सृन्खल घटना पनि घट्न थालेका छन् । मापदण्ड विपरित काम हुँदा पनि कोहि बोल्न सकेको छैन । यसो त परिसरमा व्यापारीहरुको ठुलो मनपरी छ । दर्ता नै नगरी थुप्रै पसलहरु संचालनमा आएका छन् भने पसलहरुले बिल दिने व्यवस्था गरेको छैन । यस विषयमा पटक पटक सम्बन्धित निकायले पत्राचार गरेपनि व्यवसायीहरुलाई कसैले पनि छुन सकेको छैन । 
मनकामना दर्शन प्रालिको निरन्तर महँगो भाडा असुली, नियमन कसले गर्ने ?
यसो त मनकामना दर्शन प्रालिले पनि लुट मच्चाएको छ । बर्षौंदेखि उसले केवलकारको भाडा आफैं तोक्ने गरेको छ । यस विषयमा स्पष्ट कानुन नभएको फाइदा उठाउँदै कम्पनीले मनपरी ढंगले भाडा उठाएर जनतालाई ठगीरहेको छ । कुरिनटारबाट मनकामनासम्म ३.२ किलोमिटर केबलकार चढेको भाडा मूल्य अभिवृद्धि कर (भ्याट) सहित ६ सय ७५ रूपैयाँ लिने गरेको छ । यो भाडा कुनै सरकारी निकायले नभई कम्पनी आफैंले तोकेको हो । यो कम्पनीले भाडा महँगो गर्दा चन्द्रागिरी हिल्स लिमिटेडपनि लुटेर खान पल्किएको छ । कम्पनीले दादागिरी गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पटक पटक उजुरी गर्दा पनि उक्त कम्पनीलाई कारवाही हुन सकेको छैन । जनताबाट लाखौँ करोडौं रुपैयाँ असुलेको यो कम्पनीले सामाजिक उत्तरदायित्वका काम भने निकै कम गरेको छ ।  अझ केहि समयअगाडी देखि उक्त कम्पनीको व्यवस्थापन पनि निकै खस्केको छ । धेरै दर्शनार्थी भएका बेला परिसरको व्यवस्थापन निकै नाजुक रहेको स्पष्ट देखिन्छ । तर बोल्ने मान्छे कोहि नहुँदा मनकामना दर्शन प्रालिले पनि मनपरी गर्ने गरेको छ । कमिसन दिएर ठाउँ-ठाउँमा टिकट बेच्ने गरेको मनकामनाले कति कर तिर्छ र कति व्यापार गर्छ भन्ने कुरामा ठुलो भिन्नता रहेको जानकारहरु बताउँछन् ।    
के भन्छन् सम्बन्धित निकायका प्रतिनिधि ?
यता मनकामना क्षेत्र विकास समितिले सोचेको अनुसार काम गर्न नसकेको कार्यकारी निर्देशक गिरिधारी सापकोटा स्वीकारछन् । उनका अनुसार सरकार वा समितिभन्दा पनि व्यापारी बढी बलिया हुनाले र पूजारीको मनपरी बढेकाले मनकामना परिसरमा सोचेजस्तो विकास हुन सकेको छैन । ‘मन्दिरको भेटीघाटी पारदर्शी हुन सकेको छैन । त्यहि कारण मन्दिर जीर्णोद्धार अलपत्र छ’ उनले भने । यता गोरखाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत पनि केबलकार व्यवस्थित गर्न नसकिएको स्वीकार्छन् । उनका अनुसार व्यवसायी बलिया हुँदा काम गर्न उक्त ठाउँमा निकै समस्या आएको छ । नेपालमै पहिलो पटक २०५५ मङ्सिर ८ गतेदेखि कुरिनटारबाट मनकामनासम्म केबुलकार सञ्चालनमा आएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: