×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

के हुँदैछ यो देशमा ? मध्यराती अज्ञात समुहले गाउँपालिकाका अध्यक्ष पौडेललाई घरमै आएर कुटे !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २९ चैत्र २०७४, बिहीबार

PRIME CA
laxmi sunrise bank

के हुँदैछ यो देशमा ? मध्यराती अज्ञात समुहले गाउँपालिकाका अध्यक्ष पौडेललाई घरमै आएर कुटे !


ओखलढुंगा – ओखलढुंगाको लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द पौडेल कुटिएका छन् । मंगलबार राती अज्ञात समुहले अध्यक्ष पौडेललाई कुटपिट गरेका हुन् ।
यसमा स्थित गाउँपालिकाको केन्द्रमा सुतिरहेका पौडेललाई राती नचिनेका व्यक्तिको समुहले कोठाबाट बाहिर बोलाएर कुटपिट गरेको अध्यक्ष पौडेलले बताए । ‘बाहिर निस्कनुस् जरुरी काम छ’ भन्दै बोलाएर चार जनाको समूहले कुटपिट गरेको उनले बताए ।
लिखुगाउँपालिका ९ पोकलीबाट आएको बताउँदै ति समूहले फोन गरेर बाहिर बोलाएका थिए । उनलाई मुँग्रो प्रहार गरिएको थियो । उनको बाँया घुँडामा चार टाँका लगाईएको छ । शरिरका अन्य भागमा चोट लागेपनि अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
प्रहरी राती नै घटनास्थलमा पुगि अनुसन्धान प्रक्रिया अगाडी बढाईएको र अपराधी खोजी भईरहेको डिएसपी अनन्तराम शर्माले बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: