×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पीडाका बीचमा लगानीकर्ताको अनुत्तरित प्रश्न, ‘के अवको बजार १००० मै आउने हो त ?’ रामु खनालको लेख

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २१ चैत्र २०७४, बुधबार

PRIME CA
laxmi sunrise bank

पीडाका बीचमा लगानीकर्ताको अनुत्तरित प्रश्न, ‘के अवको बजार १००० मै आउने हो त ?’ रामु खनालको लेख

  • रामु खनाल 
शिर्षक देख्दा नै जो बजारलाई सधै हरियो मात्र देख्छ उसलाई रिंगटा लाग्नु स्वभाविक नै हो । जसले बजार घट्ने, बढ्ने कुराहरुलाई ३६० डिग्रीको कोणबाट विश्लेषण गर्छ, हेर्छ, बुझ्छ र मनन गर्छ , उसले यदि बीचमा कुनै चमत्कारिक कुरा केहि कुरा आएन भने अबको बजार हजार उन्मुखनै देख्छ । बिगतमा बजार बढ्ने ठुला-ठुला अवसरहरुबाट बजार गुज्रे पनि बजार आश गरिए अनुरुप बढ्न सकेन । चुनावपछि बजार बढ्छ भनियो तर बजार बढेन । CRN , Mero Share को कारण IPO मा धेरै समय सम्म रकम होल्ड गर्नु नपर्ने हुँदा बजार बढ्छ भनियो तर बजार बढेन । श्वेतपत्रले बजार बढ्छ भनियो श्वेतपत्र पछि त बजार झन श्याम श्वेत नै भयो । 
अधिकांस कम्पनीहरुको बार्षिक साधारण सभा सकियो । बजेट आउन अझै एक डेढ महिना बाँकी नै छ । Online Trading को पनि अझै आधारिक रूपमा मिति तय भैसकेको छैन । अरु तत्काल बजार बढाउन सक्ने आधारहरु के छन् र खै ! पुराना लगानीकर्ताहरुसंग बजार घटेकोले घाटामा छन् , भएको पैसा राईट भर्दा नै सकियो । ठुला लगानीकर्ताहरु मार्जिन कलको तनावमा छन् । ब्याजदर महङ्गो छ । तरलता अभाव कायम नै छ । निरन्तर ओरालो लागि रहेको बजारमा नया लगानीकर्ताहरु आउनै चाहांदैनन् । अनि कहाँबाट पैसा आएर बजार ठुलो अंकमा तत्कालै बढला र खै !
पूँजी द्धिको लागि नाफामा आधारित नाफाले थामेजति मात्र केबल बोनस शेयरबाट सकेजति मात्रामा क्रमशः पूँजीवृद्धि गर्दै जानुपर्नेमा पूँजीवृद्धिको नाममा सकि-नसकी पूँजी पुर्याउने भन्दै अधिक राइटको साहारा लिइयो, तब बजारका दु:खका दिन सुरु भए । बजारमा शेयरको अधिक सप्लाई भयो तर अधिक सप्लाईलाई नियन्त्रण गरी वितरण गर्ने राम्रो सम्यन्त्रको बिकास गरिएन । नियामक निकायको ठूलो गल्ती यहाँ भयो । उचित निकासको अभावमा बजारमा शेयर धेरै जम्मा भएर ताल नै निर्माण भयो । अहिले त्यही शेयरको तालले सबै लगानीकर्ताहरुलाई डुबायो ।
१८८१ बिन्दुमा पुगेको शेयर ११०० को लाइनमा आयो । यस बिचमा बजारको पूँजीकारण करिव रु २० खर्ब बाट करिव रु १४ खर्बमा झर्यो र लगानीकर्ताहरुको करिब रु ६ खर्ब बराबरले सम्पत्ति घट्यो । शेयरमा लगानी गर्नेहरु सबै धनवान् मात्र हुदैनन् । थोरै थोरै पुजी जम्मा गरेर लगानी गर्ने आम नागरिकहरु पनि हुन्छन् । खै त आमनागरिकहरुको यत्रो सम्पत्ति घट्दा पनि सरकार मौन छ । के सरकारको दायित्व भनेको चुनावको बेलामा भोट लिने र अन्य बेलामा कर उठाउने मात्र हो त ? आम नागरिकहरुको उठिबास लाग्दा पनि अर्थमन्त्री उत्पादन उत्पादन भन्दै उफ्रिने , प्रधानमन्त्री रेल र पानी जहाज मात्र भन्दै कुर्लिने हो त ?
लामो समयसम्म बजार निरन्तर ओरालो लागेकोले आम लगानीकर्ताहरुमा चरम निराशा छाएको छ । कोहिपनि थप पूँजी ल्याएर बजारमा लगानी गर्न चाहादैन । यदि विचमा कुनै चमत्कारिक सुधार आएन, सरोकारवाला निकाय एवं सरकारबाट केहि सम्बोधन भएन र निरन्तर यसरी गिरावट आउदै गयो भने के अबको बजार हजार नै हो त ? एउटा ठुलो प्रश्नचिन्ह उठेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: