×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गृहमन्त्री बादलको ध्यान मदिरामा ! अब नियन्त्रण गर्न के योजना बनाउंदै ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २४ बैशाख २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

गृहमन्त्री बादलको ध्यान मदिरामा ! अब नियन्त्रण गर्न के योजना बनाउंदै ?

काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादल’को ध्यान अहिले मदिरा पदार्थतिर तानिएको छ । मन्त्री बादलले यातायात क्षेत्रका सिण्डिकेटधारीहरु र एयरपोर्टका सुन तस्करमाथि ‘सेबोटेज’ गरेपछि अब रक्सी नियन्त्रणमा ध्यान दिने भएका छन् ।
आइतबार गृह मन्त्रालयमा मन्त्री बादललाई भेट्न पुगेका महिलाहरुको एक समूहले मदिरा नियन्त्रण हुनुपर्ने माग गरेपछि उनले आफ्नो योजना सुनाएका हुन् । महिला टोलीलाई आश्वस्त पार्दै गृहमन्त्री थापाले सिंगै देशलाई मदिरामुक्त बनाउन पहल गर्ने आश्वासन समेत दिए ।
देशभरीका कतिपय गाउँलाई मदिरामुक्त घोषणा गरिए पनि मदिरापान बढिरहेको र यसबाट महिला हिंसाका घटना बढेको भन्दै महिला नेतृहरुले गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
केही सांसदका साथै अनेम संघका पदाधिकारीहरु संलग्न महिला नेतृको टोलीले गृहमन्त्रीलाई भेटेर सिण्डिकेट तोडेजस्तै जँड्याहाहरुलाई पनि ठेगान लगाउनुपर्ने माग गरे ।
यसक्रममा मन्त्री थापाले सिंगै नेपाललाई मदिरा मुक्त घोषणा गर्न सक्दा राम्रो हुने भन्दै तत्कालका लागि त्यसो गर्न नसकिए पनि सरकारले मदिरा नियन्त्रणमा जोड दिने बताए ।
छलफलमा महिला नेतृहरुले मदिराबाट सबैभन्दा बढी पीडित महिला रहेको भन्दै आफूहरुले गृहमन्त्रीको अभियानमा साथ दिन तयार रहेको बताए । उनीहरुले पहिलो चरणमा मदिरा नियन्त्रण र दोस्रो चरणमा मदिरा निषेध नै गर्नेगरी कार्ययोजना ल्याउन गृहमन्त्रीलाई सुझाव दिए ।
महिला नेतृहरुसँगको छलफलमा गृहमन्त्री बादलले समाज, परिवारमा विखण्डनको प्रमुख कारक मदिरा रहेको भन्दै यसको नियन्त्रण गर्ने तयारी गृह मन्त्रालयले थालेको बताए । यसमा रचनात्मक सुझाव र सहयोगका लागि महिला नेतृहरुसँग मन्त्री थापाले आग्रह गरे ।
पछिल्लो समय बढिरहेको महिला हिंसाको कारणसमेत मदिरा नै रहेको भन्दै मदिराबाट राज्यले पाउँदै आएको कर भन्दा त्यसको प्रयोगले समाजमा ल्याएको विकृति कैयौँ गुणा घातक रहेको मन्त्री थापाले टिप्पणी गरे ।
देशभरका सबै वडाहरुमा विभिन्न राजनीतिक पार्टीआवद्ध महिला संगठनका प्रतिनिधि, जनप्रतिनिधि, आमा समूह, नागरिक समाज र सुरक्षाकर्मीहरु रहने गरी समिति गठन गरेर वडास्तरबाटै मदिरा नियन्त्रणको अभियान सञ्चालन गर्ने गृह मन्त्रालयको तयारी रहेको मन्त्री थापाले जानकारी दिए ।
यसको लागि मन्त्रालयले विस्तृत खाका बनाइरहेको भन्दै उनले यसका लागि तत्काल मन्त्रालयले ६ महिने अभियान सञ्चालन गर्ने बताए । उनले अभियानसँगै मदिरा नियन्त्रणको जागरण अभियान र जँड्याहाहरुको भण्डाफोर कार्यक्रम आयोजना गरिने बताए । बादलको योजना सुनेर महिलाको टोली दंग अप्र्को थियो ।
तर मदिरा नियन्त्रण गर्छु भन्ने गृहमन्त्रीको बोली मात्रै हो या उनले साच्चै मदिरा नियन्त्रणका लागि पहल गर्छन् ? त्यो भने हेर्न बाँकी छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: