×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बालुवाटारमा बसेको बैठकमा पूर्वप्रधानमन्त्रीहरुले ओलीलाई दिए यस्तो सुझाव

PRIME CA

बालुवाटारमा बसेको बैठकमा पूर्वप्रधानमन्त्रीहरुले ओलीलाई दिए यस्तो सुझाव

२५ बैशाख २०७५, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श गरेका छन् । मंगलबार प्रधानमन्त्रीे निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्रीहरुसँग सरकारको नीति तथा कार्यक्रमका साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणकाबारेमा छलफल गरेका हुन् ।
छलफलका क्रममा पूर्वप्रधानमन्त्रीहरुले सरकारको नीति तथा कार्यक्रम विकासमुखी र परिणाममुखी हुनपर्नेमा जोड दिएका थिए । विकासको गति निकै सुस्त रहेको भन्दै पूर्वप्रधानमन्त्रीहरुले तीव्र आर्थिक विकास हुनेगरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिए । त्यसैगरी, भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई राष्ट्रिय हितमा प्रयोग गर्न पूर्वप्रधानमन्त्रीहरुले सुझाव दिएका छन् ।
छलफलपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणलाई सकारात्मकरुपमा लिएको बताए । छलफलमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी सहभागी भएका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: