×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौंको नयाँ बसपार्कमा फिल्मी शैलीमा लुटपाट, १ हजार सहयोग गर्न लाग्दा १ लाख ४७ हजार लुटियो

PRIME CA

काठमाडौंको नयाँ बसपार्कमा फिल्मी शैलीमा लुटपाट, १ हजार सहयोग गर्न लाग्दा १ लाख ४७ हजार लुटियो

अर्थ सरोकार

प्रकाशित मिति : ८ जेष्ठ २०७५, मंगलवार

काठमाडौं – काठमाडौंको नयाँ बसपार्कमा फिल्मी शैलीमा एक व्यक्तिको १ लाख ४७ हजार रुपैयाँ लुटपाट भएको छ ।
पाँचथरको बामिडाँडा घर भइ नयाँ बसपार्क बस्दै आएका २३ वर्षीय मेगेन्द्र दुलालको रकम लुटपाट भएको हो । दुलालका अनुसार उनी नयाँ बसपार्कबाट माइक्रो चढेर जमलस्थित राष्ट्रिय नाँचघर अगाडि झर्ने क्रममा अपरिचित व्यक्तिले श्रीमतिको शल्यक्रिया गर्नु पर्ने भएको भन्दै सहयोग मागेका थिए । र, खल्तीमा रहेको नगदबाट एक हजार रुपैयाँ दिन खोज्दा ती व्यक्तिले सबै रकम लुटेर भागेका थिए ।
लुटपाटमा संलग्नको खोजी कार्य जारी रहेको महानगरीय प्रहरी प्रभाग, बसपार्कले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: