×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई बैंकको ८४औँ शाखारहित बैंकिङ्ग सेवा कैलालीको मुनुवामा

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ जेष्ठ २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

ग्लोबल आइएमई बैंकको ८४औँ शाखारहित बैंकिङ्ग सेवा कैलालीको मुनुवामा

ग्लोबल आइएमई बैंकले  मिति २०७५ ज्येष्ठ ८ गते मंगलबार देखि कैलाली जिल्लाको जानकी गाउँपालिका ४, मुनुवामा आफ्नो ८४औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ । उक्त शाखारहित बैकिङ्ग सेवाको एक विशेष समारोहका बीच जानकी गाउँपालिका प्रमुख प्रदिप कुमार चौधरी र ग्लोबल आइएमई बैंकको सिनियर रिलेसनसिप म्यानेजर स्वेच्छा राणाले संयुक्त रुपमा समुद्घाटन गर्नुभयो । सो सेवाको लागि स्थानिय अनुप कुमार रावतलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । 
कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका यो क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि ग्लोबल आइएमई बैंकले उक्त स्थानमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो । 
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १२९ शाखा, १३१ एटिएम, ४ एक्सटेन्सन काउण्टर १४ वटा राजश्व संकलन काउण्टर,  ८४ शाखा रहित बैंकिङ्ग सेवा र ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त आफ्ना ९ लाख भन्दा बढि ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: