बिहिबार पनि घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको पाँचौ दिन बिहिबार सुनको मूल्य घटेको छ । बुधबार प्रति तोला ५८ हजार ७ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज ३ सयले घटेर प्रति तोला ५८ हजार ४ सय मुल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै गरि चाँदीको मूल्य स्थिर रहेर प्रति तोला ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ५० हजार ७० रुपैयाँ  तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ५६ रुपैयाँ कायम गरेको छ । 

Trending:

प्रकाशित : Thursday, May 17, 2018
,

recent

Popular Posts