×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्रीन डेभलपमेन्ट बैंकको जेठ १० देखि सेयर लिलामीमा आउंदै, आवेदन दिन कहाँ जाने ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३ जेष्ठ २०७५, बिहीबार

PRIME CA
laxmi sunrise bank

ग्रीन डेभलपमेन्ट बैंकको जेठ १० देखि सेयर लिलामीमा आउंदै, आवेदन दिन कहाँ जाने ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – जेठ १० देखि ग्रीन डेभलपमेन्ट बैंकले सेयर लिलामीमा बिक्री गर्ने भएको छ । बैंकले सर्वसाधारण समूहको ३ लाख १३ हजार ७१३ कित्ता र संस्थापक समूहको ३ लाख ३७ हजार ५०० कित्ता गरी जम्मा ६ लाख ५१ हजार २१३ कित्तासेयर लिलामीमा ल्याइने जनाएको छ । यसमा जेठ १७ गतेसम्म आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ वा यसभन्दा बढी भाउ तोकी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ । संस्थापक समूहमा न्यूनतम १००० कित्ता र सर्वसाधारण समूहमा न्यूनतम १०० कित्ताको लागि आवेदन दिनुपर्नेछ । अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिन्छ ।
यता, संस्थापक सेयरका लागि बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल नयाँ वानेश्वर, काठमाडौं र ग्रीन डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय हरिशंकर रोड, बग्लुङ्गबाट बोलपत्र फारम भर्न र बुझाउन सकिनेछ । सर्वसाधारण समूहको लागि भने लक्ष्मी क्यापिटल नयाँ वानेश्वर तथा लक्ष्मी बैंकको वीरगञ्ज, विराटनगर, बुटवल, पोखरा, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखाबाट फारम भर्न पाइनेछ । ग्रीनको केन्द्रीय कार्यालय तथा बेनी र पोखरा शाखाबाट पनि सर्वसाधारण समूहको बोलपत्र पेश गर्न सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: