×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हाम्रो विकास बैंकको ७.३०% बोनस सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ एजिएम ?

PRIME CA

हाम्रो विकास बैंकको ७.३०% बोनस सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ एजिएम ?

१९ बैशाख २०७५, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – हाम्रो विकास बैंकको ७.३०% बोनस सेयर सुरक्षित गर्ने बुधबार अन्तिम दिन रहेको छ । बैंकको साधारणसभा बैशाख ३१ गते हुने भएको छ । उक्त सभामा बैंकले ७.३०% बोनस सेयर र कर तिर्न ०.३८३% नगद लाभांश दिने प्रस्ताव पेश गर्दैछ । यसका लागि बैंकले बिहीबारदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने जनाएको छ । 
सभामा कार्यक्षेक्र विस्तार सम्बन्धी प्रस्तावमा पनि छलफल हुनेछ । संस्थापक समूहका ३ जना र सर्वसाधारण समूहका २ जना सञ्चालकहरुको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ । यसैगरी, हाम्रो विकास बैंक र अन्य कुनै बैैंक तथा वित्तीय संस्था मार्ज वा एक्विजिसनमा जाने भएमा यसको सम्पूर्ण अख्तियारी सञ्चालक समतिलिाई दिने अर्को प्रस्ताव रहेको छ । साधारण सभा होटल सताञ्चुली, विदुर–२ नुवाकोटमा विहान ११ बजे सुरु हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: