×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइक्यान काउन्सिलको चुनाव : अहिलेसम्म कसले भोट बढाए ? कसले भोट बिगारे ? कस्तो छ बैंकरको ‘पोजिसन’ ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १८ बैशाख २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

आइक्यान काउन्सिलको चुनाव : अहिलेसम्म कसले भोट बढाए ? कसले भोट बिगारे ? कस्तो छ बैंकरको ‘पोजिसन’ ?

  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम 
काठमाडौँ- आउँदो जेठ २५ गते हुन लागेको आइक्यानको काउन्सिल चुनावको सरगर्मी बढेको बढ्यै छ । केहि साता यता आयोजना भएका सिएहरु सामेल हुन सक्ने हरेकजसो कार्यक्रममा उम्मेदवारहरुको राम्रै उपस्थिति छ । पिकनिकको बहानामा होस् वा कसैको विवाह उत्सव, उम्मेदवारको ध्याउन्ती भोट माग्नमै छ । नहोस् पनि, चुनावसँगै करियर र इज्जत पनि जोडिएको छ १५ सिएहरुको । यो बीचमा कतिपयले राम्रै भोट बढाएका छन् । गफ गर्न खप्पीस र सजिलै अरुलाई प्रभावमा पार्न सक्ने उम्मेदवारले सोहि अनुसारका अर्थात सजिलै अरुको कुरा पत्याईहाल्ने खालका सिएहरुको केहि भोट बढाएका छन् । कोहि बढाउँछु भन्दाभन्दै चिप्लिएका छन् ।
यो विश्लेषण कसरी गरियो भन्ने अर्को प्रश्न हुन सक्छ । लामो समय सिए क्षेत्रको पत्रकारिता गरिरहेका हामीलाई कसले जित्यो भने के हुन्छ भन्ने कुराले खास ठुलो अर्थ राख्दैन । तर को कति पानीमाथि छ र कसले कस्तो चुनावी माहोल बनाएको छ भन्ने कुरामा हामी चनाखो छौं । हाम्रा पाठकलाई न्याय गर्न हामीले त्यति गर्नुपनि पर्छ । पछिल्लो १५ दिनमा हामीले भोटरहरुका विभिन्न समूहलाई नजिकबाट नियालेका छौं । यसै पनि भोटरको लिष्ट हामीसँग छ, र तीनीहरुले कसलाई भोट हाल्छन् वा को सँग बिच्किएका छन् भन्ने कुराको आधारभुत जानकारी हामीसँग पक्का छ, हुनुपर्छ । करिव १५ दिन बजारमा अध्ययन गरेर यो विश्लेषण तयार गरेका छौं ।
सुरुमा खास भोट बैंक नभएर पनि कसैको उक्साहटका भरमा वा कसैले जिताइदिएर चुनाव जितेका जगन्नाथ उपाध्यायले पछिल्लो समय केहि भोट बढाएका छन् । चुनाव जितेपछि अवका स्वाभाविक अध्यक्ष भएकाले पनि उनलाई सपना बाड्न सजिलो छ । यहि बाटो अवलम्बन गरेर उनले केहि अवसरवादी भोट बढाएका छन् । आजको मितिको भोट बैंक जोगियो भने उनको जीत निश्चित छ । 
सुजन काफ्लेका लागि उनका भाइ (भतिज) प्रवीन कुमार काफ्ले लागेका छन् । उनको भोट खास बढेको पनि छैन, घटेको पनि छैन । तर आस गरिएका केहि सिनियर सिएहरुको भोट भने काटिएको छ । यद्यपी उनी जीतको लिष्टमै पर्छन । 
बाहिर खुब जित्छन् भन्ने चर्चा गरिएका तर कमजोर उम्मेद्वार क्षेत्र गोपाल प्रधान अझै पनि डेन्जर जोनमा छन् । उनको दौडधुप अरुको भन्दा अलि बढी नै छ । कसैले भनिदिएर भोट पाइन्छ र यसरी नै जित्छु भन्ने ठुलो भ्रममा रहेका उनी अहिले लगभग सकीइसकेको नेपाल बोर्डवाला राजनीति गर्न तम्सिएका छन् । तर पछिल्लो १५ दिनको मुल्यांकन गर्ने हो भने उनका करिव ६ भोट काटिएका छन् । कोहि आफ्नो विश्वासपात्रले भनेकै आधारमा उनलाई भोट दिन भनेर पर्खीएका केहि सिएहरुले आफ्नो उम्मेदवार परिवर्तन गरेका छन् । बजारको एक तप्का उनले ४-५ नम्बरमा जित्ने दावी गरिरहेको छ । तर आजपनि उनको स्थिति ११-वा १२ छ । 
म्याराथनमा एकनासले दौडिने र जित्ने स्टाइललाई फलो गर्दै सुरेन्द्र श्रेष्ठले चुनावी माहोल बनाएका छन् । यसो त निकै भलादमी र काम गर्न सक्षम सिएका रुपमा परिचित सुरेन्द्र श्रेष्ठलाई ठुलो सपोर्ट छ नेपाली बोर्डका सिएहरुको । नेपाल बोर्डको अर्को क्यान्डीडेट कमजोर पर्नु उनका लागि अर्को भाग्यको कुरा छ । बिगतमा सुरेश देवकोटालाई गएका अधिकांस भोट सुरेन्द्र श्रेष्ठलाई आउने पक्का छ । क्षेत्र गोपाल प्रधान पनि तीनै मध्येका भोट गनिरहेका छन् । श्रेष्ठको शालीन स्वभावलाई धेरैले मानेका छन् । उनी जित्ने लिष्टमा छन् ।
महेश ढकालले जित्लान् र ? यो सिए क्षेत्रमा पछिल्लो समय अलि अस्वभाविक रुपमा आएको बहस हो । यसो त धेरैलाई उनको भोट बैंकबारे जानकारी नै छैन । उनलाई जिताउन सन्दीप बाबु पौडेल कस्सीएर लागेका छन् । पौडेल बजारका सानातीना खेलाडी पक्कै होइनन् । यहाँ महेश ढकाल पात्र सँगै आफ्ना सहकर्मीलाई जिताउनुसँग उनको करियर पनि जोडिएको छ । त्यसैले पौडेल अझै लागि परेका छन् । तर दुखको कुराचाहिं केहि समयको अन्तरालमा महेश ढकाललाई आउने भनिएको करिव ५ भोट अर्कैले टप्काइसकेका छन् । एक एक भोट महत्वपूर्ण हुने समयमा उनका लागि यो ठुलो क्षति हो ।  उनी हाल टुरिजम डेभलोपमेन्ट बैंकका सीइओ हुन् भने छिट्टै नै मेगाको थर्डम्यान भएर जाँदैछन्।  
पियुष आनन्दको चुनावी दौडधुप हुनुपर्ने भन्दा कम भएको देखिन्छ । उनका कोर भोटरबाहेक उनले अरुलाई खास विशेष अप्रोच गर्न सकिरहेका छैनन् । अन्तिम २ सिटमा आउन सक्ने सम्भावना देखिएका उनले आफ्नो भोटरहरुको खास ख्याल नगरेको केहि सिएहरुले खुलेआम नै गुनासो पोख्न थालेका छन् । तर कस्तो ख्यालको अपेक्षा ती सिएले गरेका हुन्, तीनै जानुन् । चुनावको बेला आफुलाई राजा नै सम्झने केहि भोटरहरुको यस्तै कामले गर्दा भोटहरु यता उता हुने गर्छ । ती भोट यथावत नै रहेको खण्डमा आनन्दले अन्य ४ भोट भने बढाएका छन् । 
अच्युत राज जोशी त जित्नेमात्र होइन एक नम्बर भोटका दावेदार हुन् । बजारमा सबैका लागि टाउको दुखाइको विषय बनेको छ जोशीको भोट बैंक । यहि भएर पनि अनेक हल्लाहरु चलाएर जोशीका भोट आफ्नो बनाउन कस्सीएका छन् उम्मेदवारहरु । यो काममा २ सिए सफल पनि भएका छन् । अच्युत राज जोशीका महत्वपूर्ण ४ भोट अर्कैले तानेका छन् । 
विष्णु भण्डारी चुनावी खेलाडी नै होइन रहेछन् भन्ने कुरा पछिल्लो १५ दिनको गतिविधिले देखाएको छ । अरु त अरु आफ्नो पोल्टाको भोट अर्कैले चोरीसकेको ख्याल समेत उनलाई छैन । दुइ सिए फर्मले बैठकमै विष्णु भण्डारीलाई चुनावमा असहयोग गर्ने रणनीति सार्वजनिक गरेको खबर  सार्वजनिक हुँदासम्म उनलाई यसबारे वास्ता छैन । यसरी नेता बन्न सकिन्न भन्ने कुरामा दुइमत छैन । 
विद्यावारिधि सिग्देलका बारेमा हामीले अघिल्लो समाचारमा उल्लेख गरेका थिएनौं । यसपाली भन्दा उनी जित्ने सिएकै लिस्टमा पर्छन् । उनको राम्रो भोट बैंक छ । तर उनी पछिल्लो पीढिसम्म पुगेका छैनन् । ‘मागे भने सिग्देललाई भोट दिन्छु’ भनेर बसेकाहरुलाई समेत उनले पहिचान गरेर भोट माग्न भ्याएका छैनन् । पछिल्लो समय उनले आफ्ना कोर भोटर नभएका केहिको मन जितेका छन् । तर यहि बेला उनका सोहि नै संख्यामा भोट अर्कैले काटीदिएको छ । समग्रमा उनको स्थिति सेफ्ल्याण्ड मै छ । उनी राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिका सदस्यसमेत हुन् । 
युद्ध राज ओलीका भोट भकाभक काटिएका छन् । नकाटीउन् पनि किन, उनलाई त हराउन एउटा समूह नै लागेको छ । प्रोफेसनल खटपटलाई लिएर यो हदसम्म एउटा समूह ओलीका विपक्षमा लाग्न सक्छ भन्ने अनुमान थोरैको थियो । 
बजारमा जित्ने हल्ला फिंजिएको तर हार्ने लिष्टमा रहेका उम्मेदवार हुन् किरण डंगोल । उनले अझै धेरै मेहेनत गर्नुपर्ने अवस्था छ । तर उनले पछिल्लो समय केहि भोट बढाएका छन् । यसलाई बिगतमा उनले गरेको एक्यानको राजनीतिले पनि सहयोग गरेको छ । 
मदन कृष्ण शर्मालाइ सिनियरको साथ छ । तर उनका पनि भोट भकाभक काटिएका छन् । अव उनी र प्रमोद कुमार स्वर्णिकार आजको दिनसम्म आइपुग्दा टप १० भन्दा बाहिर छन् भन्दा फरक पर्दैन । 
कृष्ण आचार्यले भोट बढाएका छन् । उनी  टप १० भित्रछन् । भाष्कर लालाले चुनाव जित्ने त पक्का नै छ । उनले केहि भोट बढाएका पनि छन् । काउन्सिल जित्ने तर उपाध्यक्ष हार्न इतिहास नै रचेका लालाले यसपाली पनि काउन्सिल जित्ने कुरामा शंका छैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: