सिए पढ्ने विद्यार्थीका लागि अमेरिकाबाट आएको हजारौं डलर वापतको छात्रवृति बीचैमा गयाब ! यस्तो छ भित्री तथ्य !

  • अर्थ  सरोकार सम्बाददाता 
काठमाडौँ- अमेरिकामा रहेका केहि सिएहरुले स्थापना गरेको एनआरएनए नामक संस्थाले विद्यार्थीहरुलाई वितरण गर्न अमेरिकाबाट पठाएको ३ हजार डलर छात्रवृति विद्यार्थीलाई वितरण नगरेको पाइएको छ । आफुले पठाएको रकम विद्यार्थीहरुलाई नबाँडीएको र पटक पटक ताकेता गर्दा पनि कसैले वास्ता नगरेको भन्दै छात्रवृति प्रायदक संस्थाका एक प्रतिनिधिले अर्थ सरोकार डटकमलाई यसबारे जानकारी गराएपछी यस्तो रहस्य खुलेको हो । उनका अनुसार प्रकाश लम्साल अध्यक्ष हुँदा आइक्यानसँग बार्षिक ६००० डलर पठाउने र हालका लागि ३००० डलर आइक्यानलाई प्रदान गर्ने सहमति भएको थियो । तर दिइएको ३००० डलरपनि वितरण नभएको र अरु पैसा पठाउने वातावरण पनि नमिलाएको भन्दै उनले अर्थ सरोकारसँग विद्यार्थीमाझ यो खबर पुर्याईदिन आग्रह गरेका थिए ।

के भन्छन् तत्कालीन अध्यक्ष प्रकाश लम्साल र हालका अध्यक्ष प्रकाश जंग थापा ?
यस विषयमा हामीले आइक्यानका तत्कालीन अध्यक्ष प्रकाश लम्सालसँग बुझेका थियौं । '३००० डलर आएको कुरा सत्य हो । तर त्यो २ बर्ष अघिको कुरा हो । म स्कलरशिप कमिटीमा थिइन । अहिले के भएको छ थाहा छैन।' अर्थ सरोकार सँग कुराकानी गर्दै आइक्यानका तत्कालीन अध्यक्ष लम्सालले भने । उनले यस विषयमा हालका अध्यक्ष प्रकाश जंग थापासँग बुझ्न आग्रह गरे । 'स्कलरशिप कमिटिमा प्रकाश थापा सर हुनुहुन्छ, उहाँलाई डिटेल थाहा होला।' उनले भने ।  त्यसपछि हामीले यस विषयमा प्रकाश जंग थापासँग बुझेका थियौं । 'पैसा आएको हो । तर निकै कम्प्लेक्स सर्तहरु छन् । दुरदराजका ठाउँ, जहाँबाट अर्थ भएका छैनन्, दलित, जनजाती लगायतलाई दिनुपर्ने भनिएको छ । त्यसका लागि कार्यविधि नै बनेको छैन । त्यसमाथि लोन मार्फत उक्त रकम दिने भन्ने सर्त हो ।' थापाले अर्थ सरोकार डटकमसँग भने । 

'किचकिच बढी भयो, मलाइ धेरै गाली गरियो, त्यसले थप समस्या आयो' : आइक्यान अध्यक्ष 
'स्कलरशिप दिने भनेर पैसा त आयो, तर कार्यविधि बनेको थिएन । मलाइ पटक पटक गाली गर्ने काम भयो । किन वितरण नगरेको भनेर बढी किचकिच भयो । यहाँसम्मकि मानहानी नै हुने गरी व्यवहार गरियो । एक पटक फोन गरेर एक्यानमा उक्त पैसा ट्रान्सफर गर्नु भनेर समेत थर्काईयो । पैसा एक पटक दिंदा त यस्तो छ बार्षिक रुपमा त्यो गाली आइक्यानले सहनुपर्यो भने त कसरी काम गर्ने ?' आइक्यानका अध्यक्ष प्रकाश जंग थापाले भने, 'बरु हामी उक्त पैसा फिर्ता गरिदिन्छौं, तर कार्यविधि नबनी काम गर्न सकिंदैन ।'
प्रकाशित : Tuesday, May 01, 2018

recent

Popular Posts