×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रम ओलीको सम्बन्ध मोदी र दाहालसँग सुध्रियो, देउवासँग अझै कटुता

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १ जेष्ठ २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

प्रम ओलीको सम्बन्ध मोदी र दाहालसँग सुध्रियो, देउवासँग अझै कटुता

काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच अझै सम्बन्ध सुधार हुन सकेको छैन । ओली नेतृत्वको पहिलो सरकार ढालेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि यी दुई नेताबीचको सम्बन्ध विग्रेको थियो । पहिलो पटकको सरकार ढाल्दा ओली सवैभन्दा बढि दाहालप्रति आक्रामक थिए भने त्यसपछि देउवा र भारतीय प्रधानमन्त्री मोदीसँग आक्रोसित थिए । ओलीले दाहाल र मोदी दुवैसँगैको सम्बन्धमा सुधार ल्याएपनि देउवासँग भने अझै सम्बन्ध सुधार ल्याएका छैनन् । देउवा पनि सम्बन्ध सुधारको पक्षमा देखिदैनन् ।
-ओलीजीसँग दुई तिहाई बहुमतको दम्भ छ, दम्भ नत्यागेसम्म देउवासँग सम्बन्ध विस्तार हुने अबस्था देखिदैन,- कांग्रेस नेता बालकृष्ण खाँडले भने -सत्तापक्षले आबश्यकता देखेमा सवै शक्ति र समुहसँग समुन्वय गर्नु पर्दछ तर ओलीजी समुन्वयको आवश्यकता देखिरहनु भएको छैन ।
ओली सरकार निर्माण भएको तीन महिना पुग्न थाल्यो । तीन महिनामा ओली र देउवाबीच दुई पटक मात्र भेट भएको छ । ओलीले सपथ लिने दिन राष्टपति कार्यालय सितल निवास र मोदी नेपाल आउनुभन्दा अघि पूर्वप्रधानमन्त्रीहरुसँगको छलफलमा ओली र देउवाबीच भेट भएको थियो । यी तीन महिनामा यी दुई नेताबीच भेटघाट भएको छैन । तर एमाले नेताहरु भने देउवासँग सम्बन्ध विगार्नु पर्ने कुनै कारण नभएको बताउँछन् । -प्रधानमन्त्रीज्यू अलि धेरै ब्यस्त हुनुभएको छ, त्यही भएर प्रतिपक्ष दलका नेतासँग छलफल गर्न भ्याउनु भएको छैन, अब छिट्टै उहाँहरुबीच छलफल हुन्छ, -प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले भने ।
ओली र देउवाको सम्बन्ध पहिलो पटक ओली सरकार ढाल्दादेखि भएपनि विवादको उत्कर्ष भने निर्वाचनका समयमा पुगेको थियो । ओलीले देउवा नेपालको इतिहाँसमा अन्तिम प्रधानमन्त्री भएको ठोकुवा गरेका थिए । ओलीले संघ र प्रदेश निर्वाचनमा आफ्नो निशाना कांग्रेस सभापति देउवालाई बनाएका थिए । ओलीले इतिहाँसको अन्तिम प्रधानमन्त्री बताएपछि देउवाले आफु ७ पटक प्रधानमन्त्री हुने जवाफ फर्काएका थिए ।
ओली र देउवाबीच सम्बन्ध सुधार नहुँदा कतिपय राष्टिय मुद्दा र राज्य सञ्चालनमा समस्या भएको छ । देउवा प्रतिपक्ष दलको नेताका हैसियतमा संबैधानिक परिषदको सदस्य हुन् । देउवा अनुपस्थित हुँदा संबैधानिक परिषदको बैठक बस्न सकेको छैन । प्रधानन्यायाधीशदेखि अन्य संबैधानिक निकायमा पदपूर्ति हुन सकेको छैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: