कामना सेवाको ८ लाख ४९ हजार कित्ता सेयर लिलामी अब मंगलबारसम्म भर्न पाइने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - कामना सेवा विकास बैंकको ८ लाख ४९ हजार ९६३.७७ कित्ता सेयर लिलामीमा आवेदन दिने म्याद १ दिन थप गरेको छ । अब यो लिलामीमा मंगलबार (जेठ १ गते) पनि आवेदन दिन सकिनेछ । यसअघि बैंकले वैशाख २४ गतेदेखि सोमबारसम्म म्याद तोकेर लिलामी खुला गरेको थियो । तर आइतबार भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा भएपछि म्याद थप गरी मंगलबार पुर्याइएको बैंकले जनाएको छ ।

कामना सेवाले सर्वसाधारण समूहको २ लाख १२ हजार १४६.८४ कित्ता र संस्थापक समूहको ६ लाख ३७ हजार ८१६.९३ कित्ता सेयर लिलामीमा ल्याएको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ वा यसभन्दा बढी रकम बोलकबोल गर्नुपर्नेछ । संस्थापक र सर्वसाधारण समूहमा क्रमशः न्यूनतम १००० र १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाइने व्यवस्था छ ।

लगानीकर्ताले बिक्री प्रबन्धक एनएमबि क्यापिटल नागपोखरी काठमाडौं तथा एनएमबि बैंकको विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट बोलपत्र फारम भर्न र बुझाउन सक्नेछन् । यसैगरी, कामना सेवाको ज्ञानेश्वर काठमाडौं, बुटवल, पोखरा र नारायणगढ शाखाबाट पनि आवेदन दिन सकिनेछ ।

Trending:

प्रकाशित : Monday, May 14, 2018

recent

Popular Posts