×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हाम्रै नेपालमा ! ज्वेलरीको उद्घाटन गर्न दरबारमार्गका व्यापारीले करिश्मालाई दिए २६ लाख

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २५ बैशाख २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

हाम्रै नेपालमा ! ज्वेलरीको उद्घाटन गर्न दरबारमार्गका व्यापारीले करिश्मालाई दिए २६ लाख

काठमाडौँ – नेपालमा प्रधानमन्त्री, मन्त्री वा उच्च पदस्थ व्यक्तिहरुले ठुला ठुला आयोजना वा व्यापारिक प्रतिष्ठानको उद्घाटन गरेको त सुनेका छौ । तर उद्घाटनका लागि लाखौ रकम लिएको भने सुनेका छैनौ ।
नेपालमा अहिले व्यापारिक पसल उद्घाटन गर्न यसरी लाखौलाख रकम खर्च गर्ने गरेको समाचार पनि बाहिरिएको छ । काठमाडौँको दरबारमार्गस्थित एक सुन पसलले २६ लाख खर्च गरेर बलिउड अभिनेत्री करिश्मा कपुरको हातबाट उद्घाटन गराएको छ ।
सोमबार दरबारमार्गमा ज्वेलरी पसल उद्घाटन, करिब दुई मिनेटको सम्बोधन र रिबन काट्नका लागि उनलाई २६ लाख दिइएको बताइएको छ ।
बिहान साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रेकी करिश्मा निर्धारित समयभन्दा दुई घन्टा ढिलो गरी कार्यक्रमस्थल पुगेकी थिइन् । दरबारमार्गमा खुलेको मेरिगोल्ड ज्वेलर्सको दोस्रो आउटलेटको ग्रान्ड ओपनिङमा विशेष अतिथिका रूपमा उनलाई निम्त्याइएको हो ।
ज्वेलरी पसल उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा पनि उपस्थित थिइन् । अध्यक्ष राणाले नेपाली ह्यानमेड गहनाको विश्वभर माग हुने गरेको बताउँदै प्रत्येक वर्ष तीन सय ६० मिलियन डलर बराबरको गहना विश्वमा निर्यात हुने गरेको बताइन् ।
मेरिगोल्ड ज्वेलर्सकी प्रबन्ध निर्देशक र नेपाल सुनचाँदी व्यवसायी महासंघकी अध्यक्ष ज्योत्सना श्रेष्ठले दुई दशकदेखि आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएको मेरिगोल्ड ज्वेलर्सको उद्घाटन भारतीय अभिनेत्री करिश्माबाट गर्न पाएकोमा खुसी व्यक्त गरिन् । नेपाली जेम्स स्टोनलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउन आफूहरू लागिपरेको उनको भनाइ थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: