×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंक र इसिमोडबीच सम्झौता, हिमाली क्षेत्रका बासिन्दाको जिवनस्तर उकासिने आशा

PRIME CA

एनएमबि बैंक र इसिमोडबीच सम्झौता, हिमाली क्षेत्रका बासिन्दाको जिवनस्तर उकासिने आशा

२६ बैशाख २०७५, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – एनएमबि बैंक र इन्टरनेशनल सेन्टर अफ इन्ट्रिग्रेटेड माउन्टेन डेभलपमेन्ट(इसिमोड) बीच सम्झौता भएको छ ।
बुधबार इसिमोडको कार्यालय ललितपुरको धापाखेल कार्यालयमा भएको सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र इसिमोडका महानिर्देशक डा. डेभिड मोल्डेलले हस्ताक्षर गरेका थिए ।
इसिमोडको अध्यायन गरेर पत्ता लागेका हिमाली क्षेत्रमा उच्चमुल्य भएका उत्पादनहरुमा एनएमबि बैंकले वित्तीय सहयोग गर्ने सम्झौतामा उल्लेख गरिएको एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत केसीले जानकारी दिए ।
इसिमोडले हिमाली क्षेत्रमा वैकल्पिक उर्जा र त्यस क्षेत्रको कृषि लगायतका क्षेत्रमा काम गर्दै आएको छ । नेपालका हिमाली क्षेत्रमा रहेका उच्च मुल्य भएका र त्यस क्षेत्रमा बासिन्दाको जिवनस्तर उकास्नलाई त्यस क्षेत्रमा उत्पादन हुने उत्पादनलाई व्यवसायीकरण गर्नका लागि वित्तीय सहयोग लिनलाई बैंकसँग सम्झौता गरिएको इसिमोडका रणनीतिक कोपरेसन निर्देशक बसन्त श्रेष्ठले बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: