×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेकपाको केन्द्रीय सदस्यमा खोटाङका सात नेता, हेर्नुहोस् को-को परे ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ९ जेष्ठ २०७५, बुधबार

PRIME CA
laxmi sunrise bank

नेकपाको केन्द्रीय सदस्यमा खोटाङका सात नेता, हेर्नुहोस् को-को परे ?

खोटाङ – नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्यमा खोटाङका सात नेता मनोनीत भएका छन् ।
माओवादीको तर्फबाट टंक राई, समिता कार्की (अस्मिता), रामकुमार राई (पासाङ) र दुर्गाजयन्ती राई तथा एमालेका तर्फबाट विशाल भट्टराई, खगेन्द्र राई र राजन राई केन्द्रीय सदस्यमा मनोनीत भएका हुन् ।
यसअघि छुट्टाछुट्टै पार्टी हुँदा केन्द्रीय कमिटीमा बसेका सबैजना नेता नवगठित पार्टीको पनि केन्द्रीय सदस्य बनेका स्रोतले जनाएको छ । माओवादीका तर्फबाट केन्द्रीय सदस्य बनेका टंक राई यसअघि स्थायी समिति सदस्य थिए अन्य तीनजना पोलिटब्यूरो सदस्य थिए ।
टंक राई पूर्व सांसद हुन् भने समिता कार्की (अस्मिता) र दुर्गाजयन्ती राई पूर्व सभासद् हुन् । पूर्व सभासद् रामकुमार राई (पासाङ) अहिले खोटाङ क्षेत्र नम्बर–२ (ख) का प्रदेशसभा सदस्य छन् ।
एमालेको तर्फबाट केन्द्रीय सदस्य बनेका खगेन्द्र राई यसअघि पनि केन्द्रीय सदस्य थिए भने विशाल भट्टराई र राजन राई वैकल्पिक केन्द्रीय सदस्य थिए । विशाल भट्टराई हाल खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् भने राजन राई खोटाङ क्षेत्र नम्बर–१ (क)बाट निर्वाचित प्रदेशसभा सदस्य छन् । यो नेपाल समाचारपत्रमा खबर छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: