×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्भेस्टमेन्ट बैंकको थप ४ शाखा विस्तारमा, धुन्चेमा एक्स्टेन्सन काउन्टर सञ्चालन

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३१ बैशाख २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

नेपाल इन्भेस्टमेन्ट बैंकको थप ४ शाखा विस्तारमा, धुन्चेमा एक्स्टेन्सन काउन्टर सञ्चालन

नेपाल इन्भेस्टमेन्ट बैंकले दोलखा, पाँचथर, नुवाकोट र रामेछापमा गरी चारवटा शाखा तथा रसुवाको धुन्चेमा एक्स्टेन्सन काउन्टर खोलेको छ । 
दोलखाको बिगु गाउँपालिकास्थित सिंगटी, पाचथरको फाल्गुनन्द गाउँपालिकास्थित राँके, नुवाकोटको सूर्यगढी गाउँपालिकास्थित चोकदे तथा रामेछापको लिखू तामाकोसी गाउँपालिका धोबीबजारस्थित लिखूमा बैंकले आफ्ना क्रमशः ६७ औं, ६८ औं, ६९ औं र ७० औं शाखा विस्तार गरेको जनाएको छ । यी शाखाहरु संगै अब बैंकको शाखा संख्या ७० वटा पुगेको छ भने एक्स्टेन्सन काउन्टर पाँचवटा पुगेको छ । 
बैंकले सर्वसाधारणलाई सहज बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले प्रदेशअनुसार वित्तीय सञ्जाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजनाअनुसार शाखा विस्तार गरेको छ । साथै विपन्नवर्ग कर्जातर्फ प्रत्यक्ष २२ हजार व्यक्तिलाई ३ अर्ब ६४ करोड रुपैयाँ लगानी गर्ने नेपाल इन्भेस्टमेन्ट बैंक एक मात्र बैंक रहेको पनि दाबी गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: