×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दरबारमार्गमा अर्को सुनकाण्ड : वृतबाट थुनुवाको सुन गायब, पैसा दिएर लुकाइयो घटना, डीएसपी मल्ल झनै विवादमा !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २२ बैशाख २०७५, शनिबार

PRIME CA
laxmi sunrise bank

दरबारमार्गमा अर्को सुनकाण्ड : वृतबाट थुनुवाको सुन गायब, पैसा दिएर लुकाइयो घटना, डीएसपी मल्ल झनै विवादमा !

  • मनोज आत्मीय / अर्थ सरोकार डटकम
काठमाडौँ- काठमाडौँ प्रहरीको सबैभन्दा सुरक्षित रहने स्थानबाट नै सुन गायब भएको छ । चौबिसै घण्टा प्रहरीको प्रत्यक्ष निगरानी रहने डिउटी अफिसरको कोठामा राखिएको लकरबाट नै थुनुवाको सुन गायब भएको छ । घटना महानगरीय प्रहरी वृत्त दरबारमार्गको हो । जसको कमाण्ड प्रचण्डका अत्यन्त निकट मानिने उनका पूर्व बर्डीगार्ड दान बहादुर मल्लले गर्दैछन् । फिल्डको कम अनुभव भएका मल्ल विवादित प्रहरी कर्मचारी हुन् ।

कमजोर कमाण्डले हरायो सुन 
आजभन्दा एक महिना अगाडि अर्थात २०७४ चैत २२ गते सार्वजानिक मुद्धामा पक्राउ परेका २ व्यक्तिको हिरासतबाटै सिक्री, मुन्द्रा, औंठी र टप गायब भएपछी पिडितहरु मारमा परेका छन् । सार्वजानिक अपराधमा सोधपुछको लागि भनेर दरवारमार्ग प्रहरी वृतले पक्राउ गरेका युवराज लामा र रोजन बस्नेतको बहुमुल्य सामान प्रहरीले नै गायव पारेपछि वृत प्रमुख डिएसपी दानबहादुर मल्लमाथी गम्भिर प्रश्न खडा भएको छ । २०७४ चैत २२ पक्राउ परेका लामा र बस्नेत २०७५ बैशाख ३ गते कानुनी प्रक्रिया पुरा गरी रिहा भए । तर हिरासतको अवस्थामा प्रहरीले राखेका आफ्ना बहुमुल्य सामान फिर्ता नपाउदाँ यो घटना बाहिर आएको हो ।
दुई व्यक्ति पक्राउ परेलगत्तै ड्युटी अफिसरकै अगाडि जिम्मा लगाइएको एक सिक्री २ मुन्द्रा, २ औंठी, १ चाँदीको ब्रासलेट र २ टप अहिले सम्म धनीले पाएका छैनन् । लामो समय दिन्छु भनेर डिएसपी मल्लले आश्वासन दिएपनि उक्त गहना पीडितले प्राप्त गरेका थिएनन् । ‘सुरु सुरुमा मल्ल साबले एकजना केटाले राखेको रहेछ अहिले बिदामा छ आएपछि मा दिम्ला भन्नु भएको थियो तर यति दिन सम्म पनि हाम्रो समान नपाए पछी के गर्ने के गर्ने भएका छौं, पुलिसले फसाउछ भन्छन्, कतै उजुरी गर्न जाउँ फसाउने पो हो की झन् उहाँ त प्रचण्डको छोरा जस्तै मान्छे रे’ पिडितले अर्थ सरोकार डटकमसँग भने । 
उक्त घटनाले चर्को रुप लिएपछि सोहि वृत्तमा कार्यरत प्रहरी निरीक्षक बसन्त आचार्यको नेतृत्वमा एक छानविन समिति समेत बनाएको थियो । समितिले अहिले प्रतिवेदन बुझाईसकेको छ । समितिमा सुबेदार मेजर प्रहरी नायव निरीक्षक एकराज खड्का मुद्दा शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक प्रेम शर्मा, हवल्दार मेजर बिर बहादुर सुनुवार र प्रहरी जवान मोहन बुढाथोकी रहेका थिए । थुनुवाको समान जिम्मा लिंदाको समयमा प्रहरी हवल्दार प्रकाश बिकको कमाण्डमा प्रहरी थिए । यसरी प्रहरीकै अगाडि त्यो पनि प्रहरी हिरासतमै सम्पति चोरी हुन्छ भने आम जनताले सुरक्षाको आशा अब कहाँ राख्ने ?
नगद दिएर पिडित मिलाइयो, सम्पादकलाई विन्ती, ‘समाचार रोक्नुपर्यो’ 
सुन गायब भएको घटना बाहिर आउन थालेपछि डिएसपीले तत्काल पिडितलाई बोलाएर नगद पैसा दिएका थिए । आफुले नगद बुझेको कुरा पीडितले स्वीकार गरिसकेका छन्। उक्त अडियो हामीसँग सुरक्षित छ । डिएसपी मल्लले पिडितलाई बाहिर सुन नै भेटिएको हो मिसप्लेस भएको थियो भन्नु भनेर दबाब दिएको कुरा समेत खुल्न आएको छ। उनको यो कर्तुतको समाचार आउन थालेपछि उनले माओवादी निकट विभिन्न सञ्चारमाध्यमका सम्पादकलाई फोन गरेर समाचार रोक्न हारगुहार गरेको समेत खुलेको छ ।

डिएसपी को सेटिंङमा डान्स बार र क्यासिनो !
प्रहरी नायब उपरीक्षक दान बहादुर मल्ल हाजिर भएकै दिन उनका जिल्लाबासी तथा दरबारमार्गस्थित डान्स क्लब आई क्लबका संचालक स्टालिन शेरचन उनलाई भेट्न पुगेका थिए । श्रोतका अनुसार आइ क्लबका मेनेजर सोम निरौलाले उनलाई मासिक बुझाउने गर्छन् । त्यस्तै बैशाख २ गते रोयल गोर्खा नामको डान्स बारका क्याप्टेन प्रशान्त ठकुरीले ग्राहकलाई मरणासन्न हुनेगरी कुटेपछी प्रहरीले प्रहरीले ठकुरीलाई पक्राउ गरेको थियो । तर भोलिपल्टनै डिएसपी मल्लको ठाडो निर्देशनमा ठकुरीलाई छोडियो । अन्य रात्रीकालिन ब्यबसायी पाँच दस मिनेट बढी खोल्दा पक्राउ गरेर २४ दिन सम्म राख्ने तर यति ठुलो घटनामा प्रहरीले तत्काल आपराधि छोडेपछी प्रहरीको भुमिकानै संकास्पद रहेको ब्यापारीहरु बताउँछन् । रोयल गोर्खा,फेवा,ठमेल किचेन लगाएतका डान्सबार बाट प्रहरीले मासिक उठाउने गरेको पाइएको छ। शो एरियाको जिम्मा फेवाका संचालक वकिल बम ले लिएका छन् । उनि एमाले निकट व्यवसायी हुन् । 
त्यस्तै दरबारमार्गस्थित होटल याक एण्ड यतीको परिसरमा रहेको रोयल क्यासिनोमा सहजै नेपाली प्रवेश गराउने काम भइरहेको छ । क्यासिनो सञ्चालक सुरेन्द्र सिंहले दरबारमार्ग प्रहरी वृत्तका प्रमुख डिएसपीसमेतलाई मिलाएर क्यासिनोमा नेपाली प्रवेश गराई जुवा खेलाउँदै आएका छन् । डिएसपी तिलक भारती तानिएपछी सो वृत्तमा सरुवा भई आएका डिएसपी दानबहादुर मल्ललाई समेत क्यासिनो सञ्चालक सिंहले मासिक रकम दिने शर्तमा सेटिङ गरी नेपाली प्रवेश गराइरहेका छन् । 
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सुरक्षागार्डका रूपमा खटिएका मल्ल दाहालकै दबाबमा दरबारमार्गजस्तो आकर्षक र अतिरिक्त आम्दानी हुने वृत्तको प्रमुख बन्न सफल भएका हुन् । रोयल क्यासिनोमा नेपाली मूलका भारतीयहरूको नाममा कार्ड बनाएर नेपाली जुवाडेहरूलाई सहजरूपमा प्रवेश गराई जुवा खेल्दै आएको कुरा सोही क्यासिनोका एक कर्मचारीले जानकारी दिए । 
ती कर्मचारीका अनुसार भारतीय नागरिक राजकुमार अग्रवाल र जगदीश जैसवालले रोयल क्यासिनोमा टेबुल सञ्चालन गर्दै आएका छन् । अग्रवालले फ्लस र जैसवालले म्यारिज खेल्ने टेबुल लिएका छन् । उनीहरूले नै नेपाली मूलका भारतीयहरूको नाममा कार्ड बनाएर नेपाली जुवाडेहरूलाई नै सहजरूपमा प्रवेश गराउँदै आएका छन् । क्यासिनोका ती कर्मचारीका अनुसार दैनिक ८ देखि १० जना जुवाडेहरू नक्कली कार्डका नामबाट क्यासिनोमा प्रवेश गर्दै आएका छन् । नेपाली प्रवेश गराएर जुवा खेलाएर प्रहरीले अवरोध नगरेवापत क्यासिनो सञ्चालक सिंहले दरबारमार्ग प्रहरीलाई मासिक एक लाख रूपैयाँ दिने गरेको समेत क्यासिनो कर्मचारीस्रोत बताउँछ ।

पावरले सफल काममा असफल डिएसपी 
सुरक्षाको हिसाबले अत्यन्तै संबेदनशिल मानिएको दरबारमार्ग क्षेत्रको कमाण्ड गर्न प्रहरी नायब उपरीक्षक दान बहादुर मल्ल असफल भईसकेका छन् । एआइजिको छोरा कुटिनु, आफ्नै एरियामा छुरी हानाहान भएको घटना प्रहरीले पत्तो नपाउनु, रातिको समयमा हतियार बोकेर प्रहरी वृत्तकै वरिपरी युवाहरुको समूह घुम्नु,फरार अपराधि पक्रियर छोड्नु लगाएतका घटनाले पनि उनि असफल भएको पुस्टि गर्छ ।
बिगतमा पनि आफुसँग ठुलै पावर छ कि रसुवा जान्छु कि दरबारमार्ग जान्छु भन्ने गरेको कुरा उनि निकट श्रोत बताउछन् । रसुवा र दरबारमार्गका प्रहरीका लागि आकर्षक मनिन्छ । अहिले पनि आईजी साहेब मेरै मान्छे हो कन्फम एसपी हुन्छु र पोखरा जान्छु भन्दै हिड्ने गरेको समेत श्रोतको दाबी छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: