×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ इन्सुरेन्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम म्याद, कतै तपाई छुट्नु त भएन ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३१ बैशाख २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

सिद्धार्थ इन्सुरेन्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम म्याद, कतै तपाई छुट्नु त भएन ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सिद्धार्थ इन्सुरेन्सको ३५% हकप्रद सुरक्षित गर्ने सोमबार अन्तिम दिन हो । कम्पनीले ३५% हकप्रद जारी गर्न जेठ १ गते बुक क्लोज गर्ने भएको छ । हकप्रद सुरक्षित गर्न बुक क्लोज हुनुभन्दा अघि सेयरधनी बनेको हुनुपर्छ । 
कम्पनीले ३५% हकप्रद निष्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति पनि पाइसकेको छ । अब १०ः३.५ अनुपातमा २२ लाख ४४ हजार ९७३.५० कित्ता हकप्रद सेयर निष्कासन खुला गर्नेछ । यसमा एनएमबि क्यापिटलले बिक्री प्रबन्धकको काम गर्दैछ ।
हाल सिद्धार्थको चुक्ता पुँजी ६४ करोड १४ लाख २१ हजार रुपैयाँ छ । हकप्रदपछि पुँजी ८६ करोड ५९ लाख १८ हजार रुपैयाँ पुग्नेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: