स्वावलम्बन लघुवित्तको ३ लाख सेयर लिलामी आजदेखि खुला, सेयरको न्यूनतम मुल्य कति ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - महिला सहकारी संस्थाले आफ्नो स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको सेयर बुधबारदेखि लिलामी बिक्री खुला गरेको छ । स्वावलम्बनको संस्थापक समूहको ३ लाख २ हजार ४१६ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्री खुला गरिएको हो । यो सेयरको न्यूनतम मूल्य ७२८ रुपैयाँ तोकिएको छ ।लगानीकर्ताले न्यूनतम ७२८ रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ बोलकबोल गरी आवेदन दिनुपर्नेछ । जेठ २ गतेसम्म आवेदन दिन पाइनेछ । 

आवेदन फारम बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी काठमाडौंमा पाइनेछ । न्यूनतम १०० कितादेखि अधिकतम ३ लाख २ हजार ४१६ कित्तासम्म आवेदन दिन पाइने व्यवस्था छ । सर्वसाधारण लगानीकर्ताले पनि बोलपत्र भर्न सक्नेछन् । लगानीकर्ताले आवेदन फारममा डिम्याट खाता नम्बर अनिवार्यरुपमा उल्लेख गर्नुपर्नेछ ।
प्रकाशित : Wednesday, May 02, 2018

recent

Popular Posts